'जनताका जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई पूर्ण सफलता मिलोस् ।'
काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभाको प्रारम्भिक नतिजा आउँदै गर्दा 'आमजनताको शान्त विद्रोहको अभिव्यक्ति' भनेका छन् ।
ऐतिहासिक जेन-जी विद्रोहपछिको विशिष्ट परिस्थितिमा सम्पन्न आमनिर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशव्यापी जनलहर पैदा भएको स्पष्ट भएको भन्दै उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, 'यो देशमा मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नका लागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नैपर्ने हुन्छ ।'
'देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ-राजनीतिक र बाह्य भू-राजनीतिक चुनौतीको कुशल व्यवस्थापन गर्दै जनताका ती जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई पूर्ण सफलता मिलोस् हार्दिक शुभकामना,' उनले भनेका छन् ।
