मतपेटिका संकलन भइरहेकाले सकेसम्म आजै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।
काठमाडौँ — संखुवासभामा साँझ मात्रै मतगणना सुरु हुने भएको छ । अहिलेसम्म मतपेटिका संकलन भइरहेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।
'मतपेटिका संकलन भइरहेको छ, कतै सवारीबाट आइरहेका छन् भने कतै हेलिकोप्टर मार्फत ल्याइँदैछ,' उनले भने । किमाथांकालगायत विभिन्न क्षेत्रबाट हेलिकोप्टरमार्फत मतपेटिका ल्याउने काम भइरहेको कोइरालाको भनाई छ ।
सबै ठाउँबाट मतपेटिका ल्याइसकेपछि मात्रै मतगणना सुरु गरिने उनले बताए । 'मतपेटिका संकलन हुँदैछ, ल्याइसकेपछि हामी सर्वदलीय बैठक बस्छौं,' उनले भने,'सर्वदलिय बैठकले मतगणना कति खेर सुरू गर्ने निर्णय गर्नेछ ।' सकेसम्म आजै मतगणना सुरू गरिने कोइरालाले बताए ।
