सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो।
नेपालगञ्ज — बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नं २ को मतगणना सुरु भएको छ।
भर्खरै सम्पन्न सर्वदलीय बैठकपछि डुडुवा गाउँपालिकाबाट मतगणना सुरु भएको हो।
क्षेत्र नम्बर १ र ३ मा भने सर्वदलीय बैठक बसिरहेको छ।
बाँकेमा ६३. ४६ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।
बाँकेमा सम्पन्न निर्वाचनमा २ लाख २२ हजार ३ सय ६६ मत खसेको थियो।