कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश गौचन विजयी

हिमालपारीको जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी बनेका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Congress opens account, Yogesh Gauchan wins in Mustang

मुस्ताङ — हिमालपारीको जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी बनेका छन् ।

गौचन ३ हजार ३ सय ७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी  एमालेका इन्द्रधारा विष्टले १ हजार ८ सय ६ मत पाए।

गौचन विघटित प्रतिनिधि सभा सदस्य थिए । उनी कांग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचनका छोरा हुन्।

कान्तिपुर

Link copied successfully