मुख्य निर्वाचन अधिकृत मिनबहादुर कुँवर भन्छन्, 'भौगलिक विकटताका कारण दुई मतदान केन्द्रका मतपेटिका बाटौमै छ । भोलि दिउँसो १ बजेसम्म आइपुग्छ ।'
काठमाडौँ — मुगुमा मतपेटिका संकलन भइरहेको छ । दुईवटा मतदान केन्द्रको मतपेटिका भोलि मात्रै आइपुग्ने मुख्य निर्वाचन अधिकृत मिनबहादुर कुँवरले बताए ।'भौगलिक विकटताका कारण दुई मतदान केन्द्रका मतपेटिका बाटौ मै छ,' उनले भने, 'भोलि दिउँसो १ बजेसम्म आइपुग्छ ।'
जिल्लामा अस्थायी र स्थायी गरी ७० वटा मतदान केन्द्र छ । त्यसमध्ये सबै केन्द्रको मतपेटिका संकलन भए पनि दुईवटाको नभएको उनले बताए । 'सवारीसाधन चल्ने बाटोसम्म बोकेर ल्याइदैछ, त्यसपछि सवारी साधानमार्फत आउने हो,' कुँवरले भने, 'मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर निर्णय गर्छौं र मतगणना सुरु गर्नेछौं ।' मुगुमा ६१.२७ प्रतिशत मत खसेको छ ।
