महिला मतदाताको संख्या धेरै रहेको कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेका छन् ।
पोखरा — कास्कीको तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । कास्कीमा सुरक्षित रूपमा मतदान भइरहेको सहायक परमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । उनका अनुसार बिहान ११:५५ बजेसम्म २३.४१ प्रतिशत मत खसेको छ ।
यस अवधिमा कुल ७२ हजार २ सय ४० मत खसेको छ । महिलातर्फ ३५ हजार ९९ र पुरुषतर्फ ३७ हजार १ सय ४० र अन्य १ मत खसको छ ।
महिला मतदाताको संख्या धेरै रहेको कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेका छन् ।
जसमा १ लाख ६० हजार १ सय ५३ महिला र १ लाख ४८ हजार ४ सय १५ पुरुष मतदाता छन् । निर्वाचनका लागि जिल्लाभर १८ राजनीतिक दल र ६ स्वतन्त्र गरी कुल ४९ उम्मेदवार चुनावी मैदानमा छन् ।
