बिहानै ६ बज्नुअघि नै केही मतदानस्थलहरुमा मतदाताहरु पुगिसकेका थिए । यस्तै उम्मेदवारहरु पनि मतदानस्थलमा जाँदैछन् ।
काठमाडौँ — प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार बिहान सात बजेदेखि मतदान सुरु भएको हो ।
बिहानै ६ बज्नुअघि नै केही मतदानस्थलहरुमा मतदाताहरु पुगिसकेका थिए । यस्तै उम्मेदवारहरु पनि मतदानस्थलमा जाँदैछन् ।
काठमाडौंमा निर्वाचन आयोगका आयुक्त सगुन समशेर राणाले मतदान गरेका छन् । धापासीस्थित मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।
यस्तै महेन्द्र मावि सुन्दर बजार लमजुङमा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले पनि मतदान गरेकी छिन् ।