मतदातालाई रेनु दाहालले भनिन्- कामबाट प्रमाणित, इमानदार जनप्रतिनिधि छान्ने अधिकार तपाईंहरूको हातमा छ

नेकपाबाट चितवन ३ की उम्मेदवार रेनु दाहालले मतदातालाई योग्य उम्मेदवार छान्न आग्रह गरेकी छन् । उनले योग्य उम्मेदवारलाई चयन गर्न मतदातालाई आग्रह गरेकी हुन् । 

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Renu Dahal told voters - The right to elect honest public representatives proven through work is in your hands.

काठमाडौँ — चितवन ३ बाट प्रतिनिधिसभाको बिहीबार जारी निर्वाचनमा चितवनबाट मतदान गरेपछि दाहालले उक्त आग्रह गरेकी हुन् ।

चितवनमा भयरहित वातावरणमा मतदान कार्य भइरहेको पनि दाहालको भनाइ थियो । 'आज भयरहित ढंगबाट निष्पक्ष, जनताले आफ्नो अमूल्य मतदान गर्ने दिन हो । मैले पनि मतदान गरेँ । म धेरै उत्साहित र खुसी छु,' दाहालले भनिन्, 'आउने परिणामलाई सहर्ष स्वीकार गर्ने हो । योग्य उम्मेदवारलाई मतदान गर्नुस् । योग्य व्यक्ति छान्नुस् । काम गर्नसक्ने र कामबाट प्रमाणित भएको, इमानदार जनप्रतिनिधि छान्ने अधिकार तपाईहरूको हातमा छ । आफ्नो भाग्य र भविष्यको फैसला गर्ने अधिकार प्रयोग गर्दा विवेकको प्रयोग गर्नुस् । आवेगमा आएर, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने अवस्था नआओस् ।'

आउने परिणाम सहर्ष स्वीकार गर्ने दाहालको भनाइ थियो । उनले भनिन्, 'जनप्रतिनिध छान्ने अधिकार तपाइहरूको हातमा छ, योग्य व्यक्ति छान्नुस् । मेरो जित्ने सम्भावना पूर्ण छ, रेनु दाहालले हार्नुपर्ने कारण  छैन ।'

कान्तिपुर

Link copied successfully