मतदाताहरूले मत हाल्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् ।
दोलखा — दोलखाको तामाकोसी गाउँपालिकामा रोकिएको मतदान अझै सहमति नहुँदा सुरू हुन सकेको छैन । मतदाताहरूले मत हाल्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् ।
बिहानैदेखि रोकिएको मतदान १२:३० बजेसम्म पनि सुरू हुन सकेको छैन । एजेन्टले कर्मचारीमाथि हातपात गर्न खोजेपछि झडप भएको थियो ।
स्थिति नियन्त्रण लिन प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो । सर्वदलीय बैठक बसेर मतदान सुरू गर्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । उक्त मतदानस्थल र त्यस क्षेत्रमा सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन गरिएको छ ।
