आज बिहान ७ बजेदेखि देशभर उत्साहपूर्वक मतदान भएको छ । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।
202 Updates
उदयपुर- १ को मतगणना शुक्रबार बिहान २:३० बजेदेखि सुरु हुने भएको छ । सर्वदलीय बैठकले २:३० देखि मतगणना गर्ने सहमित गरेको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश मुकेश उपाध्यायले बताए । निर्वाचन क्षेत्र नम्बर २ मा भने कटारी स्थित मतगणना स्थल त्रिवेणी माविमा मतपेटिका ल्याउने काम भइरहेकाले भोलि मात्रै सर्वदलीय बैठक बस्ने र भोलिबाटै गणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालय कटारीले जनाएको छ ।
कैलाली क्षेत्र नम्बर ५ मा मतगणना अघि अहिले सर्वदलीय बैठक बसिरहेको छ । कैलाली क्षेत्र नम्बर ४ को मोहन्याल र चुरी गाउँपालिकाको मतपेटिका संकलन भइरहेको छ । त्यसकारण मतगणनाका लागि भोलि बिहान ७ बजे सर्वदलीय बैठक बस्नेछ । बैठकको निर्णयअनुसार तोकिएको समयमै मतगणना हुनेछ ।
रन्जना बिसी
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ र २ मा निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय र उम्मेदवारका प्रतिनिधिको बैठक बसेर भोलि शुक्रबार बिहान ८ बजेदेखि मतगणना गर्ने सहमति गरेका छन् । मतगणनाका लागि आचारसंहिता बनाइएको छ । त्यस्तै क्षेत्र नं. ३ मा अहिले निर्वाचन अधिकृतको कार्यालयले मतगणना गर्ने विषयमा छलफल गर्न बोलाएको सर्वदलीय र उम्मेदवारका प्रतिनिधि बैठक बसिरहेको छ ।
मनोज पौडेल
रौतहट-४ को मतगणना अहिले बिहान १ बजेदेखि सुरु हुने भएको छ । मतगणनाअघि बसेको सर्बदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने सहमति भएको निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिए । निर्वाचन कार्यालय गौरका अनुसार रौतहट-१ मा सर्बदलीय बैठक बसेर शुक्रबार बिहान ७ बजे बाट मतगणना सुरु गर्ने सहमति भएको छ । क्षेत्र नम्बर २ र ३ को सर्बदलिय बैठक बसेको छैन ।
बाजुराका विभिन्न निर्वाचन क्षेत्रबाट मतपेटिका आउने क्रम जारी रहेको छ । मतगणना स्थलमा ल्याइएका कतिपय क्षेत्रका मतपेटिका बुझाउने कार्य जारी रहेको छ । बस र जीपबाट मतगणनास्थलसम्म मतपेटिका ल्याइएको हाे । हिमाली गाउँपालिकाका ३ मतदान केन्द्रका मतपेटिका भने भाेलि बिहान हेलिकोप्टरमार्फत ल्याइने भएको छ ।
काठमाडौं-१० को त्रिविको स्मृति भवनमा सुरु
काठमाडौं-१० को मतगणना सुरु भएको छ । कीर्तिपुरस्थित त्रिविको स्मृति भवनमा भर्खरै मतगणना सुरु भएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले ईकान्तिपुरलाई जानकारी दिइन् । उनका अनुसार दक्षिणकाली नगरपालिकाबाट मतगणना सुरु भएको छ ।
डडेल्धुरामा भोलि बिहानदेखि मतगणना हुने भएको छ । मतगणना सुरु गर्नुअघि भोलि सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले शुक्रबार बिहान ८ बजे सर्वदलीय तथा सरोकारवालासँग बैठक बस्ने बताए । बैठक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने छ।
नवीन पौडेल
परासी । पश्चिम नवलपरासीको मतगणना भोलि शुक्रबार बिहानबाट मात्र हुने भएको छ ।
मतपेटिका गणनास्थलसम्म ल्याउन र आवश्यक प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले भोलि बिहानबाट गणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपेटिका आएपछि सर्वदलीय बैठक गरेर के-कसरी गणना गर्ने भन्ने विषयमा छलफल गर्नु पर्ने हुन्छ ।
जिल्लामा १ सय २३ मतदानस्थलमा मतदान भएको थियो । २ लाख ५४ हजार १ सय ५७ मतदाता रहेकोमा ६७ दशमलव ८ प्रतिशत मात्र मतदान भएको छ ।
ज्योती श्रेष्ठ
काभ्रे । काभ्रेका दुवै क्षेत्रमा भोलि बिहानमात्र मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुवै क्षेत्रमा बिहानका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।
क्षेत्र नं १ मा बिहान ६ बजे र २ मा बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरिएको र बैठकलगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।
क्षेत्र नम्बर १ का विकट मानिने चौरीदेउराली, महाभारत र खानीखोला गाउँपालिकाको मतपेटिका राति अबेरसम्म आइपुग्ने अनुमान गरिएको छ । अन्य पालिकाको भने मतपेटिका आइपुगेर रुजु गर्ने क्रम चलिरहेको छ ।
क्षेत्र नं २ को मतपेटिका आएर रुजु गर्ने क्रम चलिरहेको छ ।
काभ्रेमा कुल ६०.४२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं १ मा १ लाख ६१ हजार १ सय मतदातामध्ये ५६.५७ प्रतिशत अर्थात ९१ हजार १ सय २८ जनाले मतदान गरेका छन् । यस्तै क्षेत्र नं २ मा १ लाख ६५ हजार ६ सय ११ मतदातामध्ये ६४.१७ प्रतिशत अर्थात १ लाख ६ हजार २ सय १३ जनाले मतदान गरेका छन् ।
आज सम्पन्न निर्वाचनमा बाग्लुङमा ५०.१९ प्रतिशत मत खसेको छ । दुई निर्वाचन क्षेत्र रहेको बाग्लुङमा कुल ९७ हजार ५० मत खसेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । कुल मतदातामध्ये ५२ हजार ८८१ महिला, ४४ हजार १६८ पुरुष र अन्य १ जनाले मतदान गरेको उनले बताए । जिल्लामा कूल एक लाख ९३ हजार ३८१ मतदाता रहेका थिए ।
बाग्लुङ–१ का ११५ वटा मतदान केन्द्रमा भएको निर्वाचनको मतपेटिका मुख्य निर्वाचनको कार्यालय बाग्लुङ सदरमुकाममा ल्याउने काम भइरहेको छ । सबै मतदान केन्द्रका मतपेटिका राति ११ बजेसम्म सदरमुकाममा आउने जिल्ला निर्वाचन अधिकृत यज्ञप्रसाद रिजालले दिए । बाग्लुङ–२ का ११५ वटा मतदान केन्द्रमा मतपेटिका निर्वाचन कार्यालय बुर्तिवाङमा भने राति १२ बजे सम्म आइपुग्ने निर्वाचन अधिकृत भिमप्रसाद सुवेदीले बताए । सबै मतपेटिका आज राति नै आइपुग्ने र भोलि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । बाग्लुङ–१ मा विभिन्न राजनीतिक दलका १० जना र बाग्लुङ–२ मा ११ उम्मेदवार सहभागी छन् ।
संखुवासभाको खाँदबारी र पाँचखपन नगरपालिकाको मत पेटिका संकलन भएको छ । बाँकी ८ पालिकाको मत पेटिका आउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारप्रसाद मैनालीले बताए । टाढा रहेका मतदान केन्द्रका मत पेटिका आउने क्रम जारी रहेको उनको भनाइ छ । संखुवासभामा १ लाख १९ हजार ६३० मतदाता छन् । बिहीबार सम्पन्न निर्वाचनमा ६२ हजार ९३७ मत अर्थात ५३ प्रतिशत खसेको अनुमान छ।
गुल्मी-२ जम्मा ५३ हजार ११४ मत खसेको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले यस क्षेत्रमा जम्मा ४९.४७ प्रतिशत मत खसेको जानकारी दिए । जसमध्ये महिला मतदाता २८ हजार ८ सय ६९ जना, पुरुष मतदाता २४ हजार २ सय ४३ जना र अन्य २ जना रहेका छन् ।
यस क्षेत्रमा कुल मतदाता १ लाख ७ हजार ३ सय ६३ जना छन् । जसमध्ये महिला ५२ हजार ९ सय ३८ जना, पुरुष ५४ हजार ४ सय २३ जना र अन्य मतदाता २ जना रहेका थिए । यस क्षेत्रमा ६२ मतदान स्थलका १ सय २९ केन्द्रमा मतदान भएको थियो । यस क्षेत्रमा मत खसाल्ने महिला ५४.५३ प्रतिशत र पुरुष ४४.५४ प्रतिशत छन् ।
खोटाङमा ४३ प्रतिशत मत खसेको छ । ३० हजार ३५ महिला र ३३ हजार पुरुष गरी ६३ हजार ३५ मत खसेको हो ।मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीका अनुसार जिल्लाका १ सय ३६ मतदानस्थलकै मतपेटिका ल्याउने काम भइरहेको छ । शुक्रबार बिहान १० बजेसम्म सबै मतपेटिका संकलन भइसक्ने र त्यसपछि सर्वदलीय बैठक राखेर मतगणना सुरु हुने पराजुलीले बताएका छन् । शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जनाकारी दिएका छन् ।
गोरखाको दुवै क्षेत्रको मतगणना भोलि मात्र सुरु हुने भएको छ । अहिले मतपेटिका संकलन जारी छ । गोरखा–१ का २३ मतदान केन्द्रको मतपेटिका शुक्रबार हेलिकोप्टरमार्फत ढुवानी गर्ने तयारी गरिएको छ । ‘गोरखा–१ को मतपेटिका भोलि मात्र हेलिकोप्टरबाट तल झार्छौं,’ प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले भने, ‘सबै मतपेटिका आएपछि बल्ल गोरखा–१ को गणना सुरु हुनेछ ।’
गोरखा–२ को मतपेटिका संकलनका लागि राति अबेरसम्म लाग्ने देखिएको छ । हालसम्म गोरखा नगरपालिका र पालुङटार क्षेत्रको २१ वटा मतपेटिका मात्र आइपुगेको छ । गोरखा–२ का निर्वाचन अधिकृत मोहन वेल्वासेले भने, ‘मतपेटिका संकलन राति अबेरसम्म लाग्ने देखिएको छ, सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर एउटा निर्णय गछाौ ।’ गोरखा–१ को समन्वय समितिको हल तथा प्रतिनिधि सभा गोरखा–२ को भू तथा जलाधार व्यवस्थापन कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना स्थल तोकिएको छ ।
ज्योति कटुवाल
हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका–६ लिमीका उच्च पहाडी मतदान केन्द्रबाट मतपेटिका ढुवानी सुरु गरिएको छ ।
दुर्गम भूगोलका कारण मतपेटिका सुरक्षित रूपमा ल्याउन हेलिकोप्टर प्रयोग गरिएको हो । मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालका अनुसार लिमी क्षेत्रका तील, जाङ, हल्जी र चालास्थित मतदान केन्द्रका मतपेटिका ढुवानीका लागि हेलिकोप्टर हुम्ला पुगेको छ । बिहीबार भने उत्तरी लिमीको सुनखानी मावि मतदान केन्द्र र हल्जी मतदान केन्द्रको मतपेटीका मात्रै ढुवानी गरिने भएको उनले जानकारी दिए ।
उनका अनुसार बाँकी तील, जाङ र चालास्थित मतदान केन्द्रका मतपेटिका भने शुक्रबार मात्रै ढुवानी गरिनेछ ।
हल्जीको सुनखानी मतदान केन्द्रमा १ सय ६४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । दुर्गम हिमाली भूगोल र सडक पहुँच नहुँदा लिमी क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्न हेलिकोप्टरको सहारा लिनु परेको हो ।
मोहन पनेरु
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भोलि शुक्।बा। बिहान ५ बजेसम्म जिल्लाभरिका मतदान केन्द्रबाट मतपेटिका ल्याइसक्ने लक्ष्य राखिएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले मतदान सम्पन्न भएसँगै मतपेटिका संकलनको काम तीव्र पारिएको जानकारी दिइन् । 'भोलि बिहानसम्म सबै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसक्ने लक्ष्य छ,' उनले भनिन्, 'मतपेटिका पुगेलगत्तै पहिलो चरणमा मतगणनासम्बन्धी औपचारिक जानकारी गराइनेछ र त्यसपछि सर्वदलीय बैठक बस्नेछ ।'
सर्वदलीय बैठकपछि बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जाल पोस्टमार्फत भनेका छन्, 'देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनु भएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद । निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधि साथीहरूलाई पनि धन्यवाद ।
तृप्ति शाही
वीरेन्द्रनगर । सुर्खेतमा ५७ प्रतिशत मत खसेको छ । जिल्लाको क्षेत्र नम्बर १ मा ७० हजार १६७ मत खसेकोमा क्षेत्र नम्बर २ मा ७३ हजार २५६ मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरूङले जानकारी दिए ।
दुवै क्षेत्रमा महिला मतदाताको संख्या बढी छ । क्षेत्र नम्बर १ मा ४० हजार ६१९ महिला मतदाता भएकोमा पुरूष २९ हजार ४७६ मतदाताले मत हाले । यस्तै क्षेत्र नम्बर २ मा ४० हजार ४३७ महिला मतदाता भएकोमा पुरूष ३२ हजार ९१९ ले मतदान गरे । जिल्लामा दुई लाख ४८ हजार ९४३ मतदाता थिए ।
जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुई अस्थायीसहित २ सय ४२ मतदानस्थल थिए भने ३ अस्थायीसहित ३ सय ५ मतदान केन्द्र थिए ।
सुर्खेत १ मा १ लाख २२ हजार ९ सय २ मतदाता थिए भने २ मा १ लाख २७ हजार ६६८ मतदाता थिए ।
जिल्लाका नजिकका मतदान केन्द्रबाट मतहरू गणनास्थलमा पुगिसकेका छन् भने टाढाका केन्द्रबाट ढुवानीको कार्य भइरहेको छ ।
कर्णाली प्रदेशभर ५५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
ज्योति कटुवाल
दैलेख । दैलेखमा शुक्रबार बिहानदेखि मात्रै मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पान्डेका अनुसार दैलेख जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने भएको छ । रातभर सम्पूर्ण मतदानस्थलबाट मतपेटिका ल्याउने काम भइरहेको उनको भनाइ छ ।
जिल्लाभर ८१ वटा मतदानस्थलबाट मतपेटिका जिल्लामा आइसकेको छ ।
दीपेन्द्र शाक्य
संखुवासभा- संखुवासभाको सबैभन्दा टाढा भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रमा १३ मत मात्रै खसेको छ ।
जिल्ला प्रहरीका डिएसपी कुमार प्रसाद मैनालीका अनुसार थुदाममा ६३ मतदाता थिए। त्यस्तै रिदाक मतदान केन्द्रमा २६ मत खसेको छ। संखुवासभामा १ लाख १९ हजार ६३० मतदाता छन्। बिहीबार सम्पन्न निर्वाचनमा जिल्लाभर ६२ हजार ९३७ मत अर्थात ५३ प्रतिशत खसेको अनुमान गरिएको छ।
लक्ष्मी गौतम
पाँचथर– बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँचथरमा ५० प्रतिशत भन्दा कम मतदान भएको छ । जिल्लाका १ लाख ४३ हजार ४ सय ८ मध्ये ७१ हजार १ सय जनाले मात्रै मतदान गरेका हुन् ।
यहाँका १ सय ८० मतदान केन्द्रबाट ३३ हजार ६ सय १५ महिला र ३७ हजार ५ सय ५५ पुरुषले मतदान गरेका हुन्। जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए ।
रमेशकुमार पौडेल
चितवन । प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार चितवनमा ६४ दशमलव १२ प्रतिशत मत खसेको छ । तीन निर्वाचन क्षेत्र रहेको चितवनमा कुल चार लाख ४२ हजार ८२ मतदाताहरु थिए । तीमध्ये दुई लाख ८३ हजार ४२८ मतदाताले मतदान गरेको चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिए । सबैभन्दा धेरै चितवन–३ मा मतदान भएको छ ।
भक्तपुरका दुवै क्षेत्रमा आजदेखि मतगणना गरिने भएको छ । भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा र क्षेत्र नं २ को मतगणना मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणनाको तयारी भइरहको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
जिल्लाका सबै मतदान केन्द्रबाट मुचुल्का बनाएर मतपेटिका सम्बन्धित मतगणनास्थलमा ल्याउने काम सकिएको उल्लेख गर्दै उहाँले सर्वपक्षीय बैठक बसी मतगणना सुरू गरिने बताए । मतगणना हुने दुवै स्थानमा तारजाली, सिसी क्यामेरासहितको सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ । दुवै मतगणनास्थलमा एकैपटक चार/चार पकेटमा मतगणना गर्नेगरी तयारी गरिएको छ ।
धादिङमा ५७.५३ प्रतिशत मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ७६ हजार ६ सय ८० महिला, ८१ हजार ७ सय ३ पुरुष र एक अन्य गरी ५७ दशमलव ५३ प्रतिशत मतदाताले मतदान गरेका हुन् । जिल्लाभित्रका १ सय १४ मतदानस्थलमा नै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न छ । सुगमका मतपेटिका सदरमुकाम ल्याउन थालिसकिएको भए पनि सडक सञ्जाल नपुगेका उत्तरी धादिङको केही मतदान केन्द्रबाट भोलि मात्र मतपेटिका आइपुग्नेछ ।
मतपेटिका आइपुगेपछि शुक्रबार अपराह्नसम्ममा मतगणना सुरु गर्ने तयारी गरिएको प्रमुख निर्वाचन अहिकृत रामप्रसाद शर्माले बताए ।
रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रामेछापमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार जिल्लामा कुल ४८ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार जिल्लामा कुल ९० हजार ७१० मत खसेको हो । जसमा पुरुष ५० हजार ६२४ र महिला ४० हजार ८६ जनाले मतदान गरेका छन् ।
रामेछापमा यस निर्वाचनका लागि कुल १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका थिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको जिल्लामा मतदानका लागि ९६ वटा मतदानस्थल र २२८ वटा मतदान केन्द्र तोकिएका थिए ।
अमर क्षितिज भण्डारी
दाङ । दाङमा ५८ दशमलव ३३ प्रतिशत मतदान भएको छ ।३ निर्वाचन क्षेत्र रहेको दाङमा सबैभन्दा धेरै क्षेत्र नम्बर ३ मा मतदान भएको छ । १ लाख ४० हजार १ मतदाता रहेको क्षेत्र नम्बर १ मा ८०९२० मत खसेको छ । १ लाख ४० हजार ९४८ मतदाता रहेको क्षेत्र नम्बर २ मा ८२६२६ मत खसेको छ । सबैभन्दा धेरै मतदाता रहेको ३ मा ८८२७३ मत खसेको छ । यस क्षेत्र नम्बर ३ मा १ लाख ५० हजार ६६७ मतदाता रहेका छन् ।
क्षेत्र नम्बर १ को लमहीमा क्षेत्र नम्बर २ को घोराहीमा र क्षेत्र नम्बर ३ को तुलसीपुरमा अहिले मतपेटिका संकलनको काम भैरहेको छ । राति ११ बजेसम्म मतपेटिका संकलनको काम सकिने मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिएका छन् ।
भोलि बिहान ७ बजे ३ वटै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक बसेर मतगणनाको काम अघि बढ्ने पनि मुख्य निर्वाचन अधिकृत पण्डितले बताए ।
सल्यानमा शुक्रबार बिहानदेखि मात्रै मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीका अनुसार खलंगास्थित जिल्ला समन्वय समितिको हलमा रहेको मतगणनास्थलमा मतपेटिका ल्याउने काम भइरहेको छ । रातिको १२ बजेसम्म जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका आइसक्ने र रातिमा सुरु गर्न गाह्रो हुने भएकाले राजनीतिक दल र स्वतन्त्र उमेदवारसँग छलफल गरेर शुक्रबार बिहान मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत योगीले जानकारी गराए ।
मतपेटिकालाई सिलबन्दी गरेर सुरक्षा घेराभित्र राखिने उनको भनाइ छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार मतदान भएको हो ।
पर्वत पोर्तेल
विराटनगर- बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा कोशी प्रदेशमा कुल ५८ दशमलव ५६ प्रतिशत मत खसेको छ। प्रदेशभर रहेका ३५ लाख ७४ हजार ३१० मतदातामध्ये २० लाख ७८ हजार ७ सय ८८ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा ५०.९ प्रतिशत मतदान भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर कुल १७ लाख १६ हजार ६ सय ६० मतदातामध्ये ८ लाख ७४ हजार १ सय ७७ जनाले मतदान गरेका छन् ।
कञ्चनपुरमा सबैभन्दा बढी ५८.६ प्रतिशत मतदान भएको छ भने कैलालीमा ५५.४ प्रतिशत, दार्चुलामा ५३.८ प्रतिशत र बाजुरामा ५२.६ प्रतिशत मतदान भएको छ ।
यस्तै डडेल्धुरामा ४९.२ प्रतिशत, बैतडीमा ४६.८ प्रतिशत, बझाङमा ४१.१ प्रतिशत, डोटीमा ४०.९ प्रतिशत र अछाममा सबैभन्दा कम ३९.२ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेशभरका सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अहिले मतपेटिका संकलन गरी मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकारीहरूले बताएका छन् ।
आश गुरुङ
लमजुङ । प्रतिनिधिसभा सदस्य चयनका लागि भएको निर्वाचनअन्तर्गत लमजुङमा मतगणना कार्य शुक्रबार बिहान १० बजेदेखि हुने भएको छ ।
मतगणना कार्यका लागि बिहान ८ बजे सर्वदलीय बैठक डाकिएको मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले जानकारी दिए । ‘हामीले बिहान ८ बजे सर्वदलीय बैठक बोलाएका छौं । त्यसपछि मतगणना कार्य बिहान १० बजेदेखि थाल्छौं,’ उनले भने । उनका अनुसार अहिले मतगणनास्थलमा मतपेटिका ल्याउने क्रम जारी छ ।
सबैभन्दा टाढा रहेको दूधपोखरी र क्व्होलासोथारका गाउँबाट मतपेटिका ल्याउने क्रममा रहेको र राति २ बजेसम्म सबै मतपत्र रुजु गरिसक्ने मुख्य निर्वाचन अधिकृत ढकालले बताए ।
हुम्ला । हिमाली जिल्ला हुम्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६५.३६ प्रतिशत मतदान भएको छ । भौगोलिक विकटता, चिसो मौसम तथा हिमाली कठिनाइका बाबजुद मतदाताले उत्साहजनक रूपमा मतदानमा सहभागिता जनाएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका ६० मतदानस्थलका ६४ मतदान केन्द्रबाट मतदान प्रक्रिया सम्पन्न भएको हो । कुल ३४ हजार ३ सय ७२ मतदाता रहेको हुम्लामा २२ हजार ४ सय ६७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार मतदान गर्नेमध्ये ११ हजार ४ सय ९ पुरुष र ११ हजार ५८ महिला मतदाता रहेका छन् । हुम्लाका दुर्गम गाउँ–बस्तीका मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा पुगेर लामबद्ध रूपमा मतदान गरेका थिए । हिमपातका कारण केही स्थानमा आवतजावतमा कठिनाइ भए पनि अधिकांश केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ ।
निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायले कडा व्यवस्था मिलाएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा घेराबीच मतदान सम्पन्न भएको हो ।
मतदान सकिएपछि सुनखानी प्रावि हल्जी मतदान केन्द्रबाहेक ६३ केन्द्रबाट मतपेटिका नपुगेकाले सबै मतपेटिका पुगेपछि मात्र मतगणना प्रक्रिया सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हिमाली जिल्लाको चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच पनि मतदाताले देखाएको उत्साहजनक सहभागिताले लोकतान्त्रिक प्रक्रियाप्रति जनताको विश्वास अझ मजबुत रहेको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।
डीबी बुढा
जुम्ला । जुम्लामा ४१ हजार दुई सय १० मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार ५७ दशमलव ४४ प्रतिशत मत खसेको हो । महिला २१ हजार एक सय ४६ जना, पुरुष २० हजार ६४ जना मतदाता गरी जम्मा ४१ हजार दुई सय १० मत खसेको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । जिल्लाका ११० वटा मतदान केन्द्रबाट आएको प्रतिवेदनका अनुसार सो मत खसेको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार जुम्लाको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन प्रक्रियामा राजनैतिक दल, सरकारी निकायदेखि सबै तहको सहयोगमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको भन्दै उनले अब मुचुल्का उठाएर सदरमुकामतिर ल्याइँदै गरिएको बताए ।
जुम्लामा भोलि बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले मतगणना बिहान ७ बजेदेखि गर्ने निर्णय गरेको हो । सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले मतपेटिका आइरहेकोले शुक्रबार बिहान ७ बजेदेखि मतगणना हुने जानकारी दिए ।
मनोज बडू
दार्चुला । जिल्लाको दुई मतदान केन्द्रमा मताधिकार भएका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका छन् । नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् ।
स्थानीयको बहिष्कारका कारण प्रत्यक्षतर्फको मतपेटिका रित्तै बोकेर कर्मचारीहरू सदरमुकाम फर्किंदैछन् । दुवै मतदान केन्द्रका अस्थायी मतदाता (कर्मचारी)ले मात्रै समानुपातिकतर्फ मतदान गरेका हुन् ।
गौरीशंकर मावि नागुका सहायक मतदान अधिकृत देवसिंह फर्सवानका अनुसार समानुपातिकतर्फ ९ मत खसेको छ । बाटो अप्ठ्यारो भएका कारण शुक्रबार मात्रै सदरमुकाम खलंगा फर्किने उनको भनाइ छ । यस मतदान केन्द्रमा ६०२ जना मतदाता थिए ।
बुधबार मात्रै सुदूरपश्चिम प्रदेशका सरकारका प्रदेशसचिव नेतृत्वको टोली नागु पुगेर मतदान बहिष्कार गरेका नागु क्षेत्रका बासिन्दाहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।
उता अपिहिमाल गाउँपालिकामा रहेको दुधिला आधारभूत विद्यालयमा समानुपातिकतर्फ ८ मत खेको छ । स्थानीयले बहिष्कार गरेका कारण कर्मचारीले हालेको समानुपातिकतर्फको मात्रै मत लिएर सदरमुकाम फर्किएको मतदान अधिकृत प्रेमराज अवस्थीले जानकारी दिए ।
अछाम । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछाममा कुल ६४ हजार ७८० मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये महिला ३६ हजार ९३९, पुरुष २७ हजार ८३९ र अन्य २ रहेका छन् । यसअनुसार पुरुषको तुलनामा महिलाको मत बढी खसेको देखिएको छ ।
जिल्लामा कुल १ लाख ६५ हजार ३३७ मतदाता रहेका छन् । तीमध्ये महिला ८३ हजार ३०१, पुरुष ८२ हजार ३४ र अन्य २ जना छन् । कुल मतदातामध्ये ३९ दशमलव १८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अछाममा प्रतिनिधिसभाअन्तर्गत दुई निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर–१ मा १०५ र क्षेत्र नम्बर–२ मा १०८ गरी जिल्लाभर २१३ मतदान केन्द्र रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि अछाम–१ र अछाम–२ बाट दलका ८/८ जना उम्मेदवार तथा एक स्वतन्त्र उम्मेदवार गरी १७ जना चुनावी मैदानमा छन् ।
संखुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५३ दशमलव १९ प्रतिशत अर्थात ६३ हजार ६३४ मत खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला सुरक्षा समिति स्रोतका अनुसार संखुवासभाका १६४ मतदान केन्द्र छन् । संखुवासभामा १ लाख १९ हजार ६३० मतदाता छन् । -दीपेन्द्र शाक्य/संखुवासभा
विप्लव महर्जन
सल्यान । बिहीबार सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा सल्यानमा झण्डै ५२ प्रतिशत मत खसेको छ । जिल्लाका २ सय ८ मतदान केन्द्रमा झण्डै ५२ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले जानकारी गराए । उनका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानको मतदाता १ लाख ६२ हजार ४ सय ४९ रहेका छन् । जसमध्ये ८४ हजारले मतदान गरेका छन् ।
मतदान सम्पन्न भइसकेपछि अहिले मतपेटिका धमाधम खलंगास्थित जिल्ला समन्वय समिति सल्यानको हलमा रहेको मतगणनास्थलमा ल्याउने काम भइरहेको उनले जानकारी गराए ।
जाजरकोट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जाजरकोटका सबै स्थानमा निर्धारित समयमै शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । जिल्लाभर एक अस्थायीसहित ८९ मतदानस्थलका १४७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । मतदानका क्रममा कुनै पनि ठूलो अवाञ्छित घटना नभएको र सुरक्षा व्यवस्था प्रभावकारी रहेको जिल्ला प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, मतदान सम्पन्न भएसँगै सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम सुरु गरिएको छ । संकलन गरिएका मतपेटिका सुरक्षित रूपमा तोकिएको मतगणनास्थलमा ल्याउने क्रम जारी छ ।
निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा निर्वाचन प्रहरी परिचालन गरिएको थियो । जाजरकोटमा १ लाख ७ हजार ९१ मतदाता रहेकोमा समानुपातिकसहित ६१ हजार ६ सय ६७ मत खसेको मुख्य मुख्य निर्वाचन कार्यालयले जानकरी दिएको छ । जसमा पुरूष २९ हजार ९ सय ८१ महिला ३१ हजार ६ सय ८४ र अन्य २ गरि उक्त मत खसेको हो । कुल मतदाताको ५७.५८% मत खसेको कार्यालयले जनाएको छ ।
भवानी भट्ट
कञ्चनपुर । कञ्चनपुरमा ५८ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ वटै निर्वाचन क्षेत्रमा १ लाख ८४ हजार ३१६ जनाले मतदान गरेका हुन् ।
जिल्लानिर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार क्षेत्र नं. १ मा ६१ हजार ७४ जनाले मतदान गरेका छन् । जुन कुल मतदाताको ६० दशमलव ४ प्रतिशत हो । उक्त क्षेत्रमा १ लाख १ हजार ७२४ मतदाता छन् ।
क्षेत्र नं. २ मा ६४ हजार ८८१ मत खसेको छ । जुन ५९ दशमलव २१ प्रतिशत हो । उक्त क्षेत्रमा १ लाख ९ हजार ५७४ मतदाता छन् । यसैगरी क्षेत्र नं. ३ मा ५८ हजार ३६१ मत खसेको छ । जुन ५८ दशमलव ६३ प्रतिशत हो । तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदाता छन् ।
अहिले तीनवटै निर्वाचन क्षेत्रमा मतपेटिकाहरु ढुवानीको काम भइरहेको छ । मतपेटिका संकलन भइसकेपछि तत्काल सर्वदलिय बैठक राखेर आजै रातिदेखि मतगणनाको तयारी भइरहेको महराले जानकारी दिए ।
क्षेत्र नं. ३ को मतगणना जिल्ला समन्वय समितिको हलमा मतगणना गरिनेछ । यसैगरी २ को शुक्लाफाँटा नगरपालिका १० को सभाहल र १ को बेलौरी नगरपालिका ४ को सभाहलमा मतगणना गरिनेछ । मतगणनास्थलमा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ ।
नवीन पौडेल
परासी- पश्चिम नवलपरासीमा मतदानमा पुरुषभन्दा महिलाको सहभागिता बढी देखिएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा १ लाख ६३ हजार ९ सय ६५ मत खसेको छ ।
६४.५१ प्रतिशत मतदान मध्ये महिला ८८ हजार ९ सय ८ जनाले मतदान गरेका छन् भने ७५ हजार ६ सय ५५ पुरुष र अन्य २ जनाले मतदान गरेका छन् । पूर्वी नवलपरासीमा भने ५९ प्रतिशत मात्र मतदान भएको छ । मतदान सम्पन्न भएपछि मतपेटिका गणनास्थलमा लैजाने तयारी भैरहेको छ।
मनोज बडू
दार्चुला । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलामा ५३.७६ प्रतिशत मतदान भएको छ । सबै मतदान केन्द्रमा निर्धारित समयमा ४९ हजार ९६८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा कुल मतदाता ९२ हजार ९४८ रहेका थिए ।
जसमध्ये २६ हजार ६३१ महिला र २३ हजार ३३७ महिला मतदाताहरूले मतदान गरेका छन् ।
अर्जुन शाह
बाजुरा– बाजुरामा ५१ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ सय १८ मतदान केन्द्रमा भएको मतदानमा ४४ हजार ७७३ मत खसेको जनाएको छ ।
मतदान कार्य सकिएपछि मतपेटिका संकलन भइरहेको छ । दुर्गम तथा विकट मतदान केन्द्र रहेको हिमाली गाउँपालिका–३ मा रहेको हिमालभक्ति आधारभूत विद्यालय गुम्बाको मत पेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत आज नै जिल्ला सदरमुकाम मार्तडीमा पुर्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
अन्य तीन मतदान केन्द्र बौडी, बाम र विच्छ्याको मतपेटिका विच्छ्या प्रहरी चौकीमा संकलन गरिने र शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याइने मुख्य निर्वाचन अधिकारी पोखरेलको भनाई छ । बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका छन् ।
रञ्जना बिसी
कैलाली । कैलालीमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रारम्भिक अनुमानअनुसार ५७ प्रतिशतसम्म मत खसेको छ । जिल्लाका मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुसार अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम भइरहेको छ । सुरक्षाकर्मीको निगरानीमा मतपेटिका सम्बन्धित स्थानमा ल्याउने प्रक्रिया जारी रहेको उनले बताए ।
कैलालीमा प्रतिनिधिसभातर्फ ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाभर ६४५ मतदान केन्द्र तोकिएका थिए । ती केन्द्रमा कुल ५ लाख ५१ हजार मतदाता रहेका छन् ।
निर्वाचन कार्यालयका अनुसार अहिले जिल्लाभरबाट मतपेटिका संकलन गर्ने कामलाई प्राथमिकता दिइएको जनाइएको छ ।
गोरखामा ४९.६४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार दुइ निर्वाचन क्षेत्र रहेको गोरखामा १ लाख १३ हजार ७ सय २५ जनाले मतदान गरेका छन् । तीमध्ये ५८ हजार ५ सय ६२ महिला र ५५ हजार १ सय ६३ पुरुष रहेका छन् ।
गोरखाको मतदाता भने २ लाख २९ हजार ५८ रहेको छ । ‘यो प्रारभ्भिक तथ्याङ्क हो, भेरिफाई पनि गर्दछौँ,’ जिल्ला निर्वाचन कार्यालय गोरखाका सुचना अधिकारी रविलाल सुवेदीले भने । जिल्लामा शान्तिपूर्ण तवरले मतदान सम्पन्न भएको पनि कार्यालयले जनाएको छ । -हरिराम उप्रेती/गोरखा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रुपमा अभिव्यक्त भएको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएपछि विज्ञप्ति जारी गर्दै सभापति थापाले निर्वाचन सम्पन्न गराउने सबैप्रति आभार व्यक्त गर्दै सम्मान प्रकट गरे ।
रमेशचन्द्र अधिकारी
धनकुटा- धनकुटाको एउटा अस्थायी मतदान केन्द्रमा ६ दशमलव ३४ प्रतिशत मात्र मत खसेकाे छ।
धनकुटा-६ स्थित गाेकुण्डेश्वर मावि केन्द्रमा रहेकाे अस्थायी केन्द्रमा १५ सय ६१ मतदाताा संख्या रहेकाेमा ९९ जनाले मात्र मतदान गरेकाे निर्वाचन अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए।
अस्थायी केन्द्रमा निजामती कर्मचारीले मतदान गरेका हुन्। अधिकांश कर्मचारी निर्वाचनमा खटिएकाले मतदान प्रतिशत न्यून प्रतिशत रहेकाे उनले बताए। जिल्लामा रहेको अर्काे अस्थायी मतदान केन्द्र कारागारमा भने ९७ प्रतिशत मतदान भएको छ।
वसन्तप्रताप सिंह
बझाङ । बिहीबार साँझ पाँच बजेसम्म बझाङमा ४१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ । विवरण आउने क्रम जारी रहेकाले मतदानको प्रतिशत केही बढ्न सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी वसन्तबहादुर धानुकका अनुसार जिल्लाभरिमा ५२ हजार ११६ मत खसेको जानकारी प्राप्त भैसकेको छ । केही ठाउँमा सम्पर्क हुन नसकेका कारण विवरण अद्यावधी हुन नसकेको उनले बताए । बझाङमा २०८२ सालको निर्वाचनका लागि १ लाख २६ हजार ९०३ मतदाता थिए ।
१३७ वटा मतदानस्थल र १९१ वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतले जनाएको छ । निर्वाचन सम्पन्न भएलगत्तै जिल्लाको विकट साइपाल गाउँपालिकाका मत पेटिकाहरु नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको छ भने अन्य मतदान केन्द्रबाट स्थलमार्ग हुँदै आज रातिसम्म सबै मतपेटिका सदरमुकाम ल्याइने बताइएको छ ।
शिव पुरी
रौतहट– रौतहटमा बिहीबार शान्तिपूर्ण तरकारीले निर्वाचन सम्पन्न भएको छ। जिल्ला निर्वाचनको कार्यालयका अनुसार चार वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको जनाएको छ ।
केही स्थानमा समान्य विवादबाहेक ठूलो अप्रिय घटना नभएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । प्रजिअ भुसालका अनुसार अहिले मत पेटिका ल्याउने प्रक्रिया भइरहेको छ । निर्वाचनमा १४२ जना उम्मेदवार चुनावी मैदानमा थिए । संवेदनशील र अति संवेदनशील क्षेत्रमा समेत कुनै किसिमको घटना हुन पाएन।
लक्ष्मी साह
बारा– बाराका संवेदनशील र अति संवेदनशील १४५ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएकाे छ ।
मतदान केन्द्र र सुरक्षाकाे दुरूस्त व्यवस्थापनले कतै असहजसँगै सुरक्षा चुनाैती कतै नदेखिएकाे सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले बताए ।
नेपाल-भारत सीमावर्ती क्षेत्रका मतदान केन्द्रहरू संवेदनशील र अति संवेदनशील मानिएकाे थियाे । मतदान मतदान केन्द्रहरूमा मतदाताकाे चाप घटेकाे छ ।अपरान्ह ५ बजेसम्म ४ वटै निर्वाचन क्षेत्रमा ६० प्रतिशत मतदान भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका सहायक निर्वाचन अधिकृत राजकुमार दाहालले बताए ।
धनकुटाको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा दुई अस्थायी मतदान केन्द्रकाे मतपेटिका ल्याइपुर्याइएको छ। जिल्ला कारागार र धनकुटा-६ स्थित गाेकुण्डेश्वर मावि अस्थायी केन्द्रकाे मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृतकाे कार्यालय रहेकाे सामुदायिक भवन मतगणना स्थल हाे। - रमेशचन्द्र अधिकारी
विनय आजाद
सिरहा– सिरहाका चार वटै निर्वाचन क्षेत्रमा मतगणना स्थल तयार भएको छ । मतगणना स्थललाई तार-जालीले घेर्ने, सुरक्षा व्यवस्था मिलाउनेलगायतका काम सम्पन्न भएको हो ।
मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले मतगणनाका लागि सम्पूर्ण तयार पूरा भएको बताए । मतपेटिका मतगणना स्थलमा प्राप्त भइसकेपछि विलम्ब नगरेर सर्वदलीय बैठक, कानूनी प्रक्रियालगायतका काम सम्पन्न गरी मतगणना सुरु हुने उनले जनाए ।
'सर्वदलीय बैठकमा उम्मेदवारका प्रतिनिधिहरूको कुरा पनि सुन्नुपर्ने हुन्छ,' उनले भने, 'तर, यी सबै काम सकाएर विलम्ब नगरी हामी मतगणना प्रक्रियामा प्रवेश गर्छौं ।'
सिरहा १ का लागि लहान नगरपालिकाको सभाहलमा, सिरहा २ का लागि धनगढीमाई नगरपालिकाको कार्यालयमा, सिरहा ३ का लागि सिरहा नगरपालिकाको कार्यालयमा र सिरहा ४ का लागि मिर्चैयास्थित रेडक्रसको भवनमा मतगणना स्थल बनाइएको छ ।
नवराज श्रेष्ठ
रामेछाप– रामेछापमा १०६ वर्षीया एक वृद्धाले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्दै लोकतन्त्रप्रति आफ्नो विश्वास प्रकट गरेकी छन्।
मन्थली नगरपालिका–१२ की १०६ वर्षीया मानकुमारी पाण्डेले बिहीबार मन्थली नगरपालिका–१२ स्थित गेलुमा रहेको मावि सिक्राल केन्द्रबाट मतदान गरेकी हुन्।
मतदान अधिकृत डिल्ली अधिकारीका अनुसार पाण्डेलाई आफन्तहरूले मतदान स्थलसम्म ल्याएका थिए। अत्यन्त वृद्ध अवस्थाका कारण उनले आफैं भोट हाल्न नसके पनि आफन्त सहयोगीमार्फत मतदान गरेकी हुन्।
'१०६ वर्षको उमेरमा मतदान गर्नु सामान्य कुरा होइन। आमा आफैंले भोट हाल्न सक्नुभएन, उहाँले आफन्तको सहयोगमा मतदान गर्नुभयो,' मतदान अधिकृत अधिकारीले भने।
पाण्डेको नागरिकताको प्रमाणपत्रमा विसं १९७६ साउन ५ मा जन्म भएको उल्लेख रहेको उनले बताए। यति वृद्ध अवस्थामा पनि निर्वाचनमा सहभागी भई आफ्नो मत व्यक्त गर्नुपर्छ भन्ने भावना देखाउनु लोकतन्त्रप्रतिको गहिरो विश्वासको उदाहरण भएको अधिकारीले बताए।
मतदान अधिकृत अधिकारीका अनुसार मावि सिक्राल मतदान केन्द्रबाट ८९ वर्षका हेमबहादुर पाण्डेले पनि मतदान गरेका छन् ।
ज्योति कटुवाल । दैलेखमा रहेका २ वटा निर्वाचन क्षेत्रमा ६७ हजार १ सय ५५ खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अपराह्न ४ बजेसम्म ४२ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
९ राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवार गरी २१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । कुल मतदाता १ लाख ६१ हजार २०४ रहेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि जारी निर्वाचनमा पूर्वी नवलपरासीमा ५२ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता प्रेम पौडेलका अनुसार बिहीबार साँझ ४ बजेसम्म यहाँका दुवै निर्वाचन क्षेत्रमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक विश्लेषण छ।
दुई वटा निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा २ लाख ६८ हजार मतदाता रहेका छन्। यहाँका सबै ३ सय ११ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीले जानकारी दिए। -नारायण शर्मा/नवलपरासी
डोल्पा । हिमाली जिल्ला डोल्पामा ४ बजेसम्म ६२ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र मुढामगरका अनुसार हालसम्म ६२ प्रतिशत मत खसेको हो ।
संख्या भन्नुपर्दा कुल १५ हजार ४ सय १९ मत खसेको र जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको बुढामगरले जानकारी दिए ।
उपल्लो डोल्पाका धेरै मतदान केन्द्रमा कर्मचारीहरु मतदाता कुरेर बसेको बताइएको छ ।
डोल्पामा कुल ७० वटा मतदान केन्द्र छन् । जसमा जिल्ला कारागार कार्यालयको मतदान केन्द्रमा शतप्रतिशत मत खसेर सम्पन्न भइसकेको छ । डोल्पामा कुल मतदाता २४ हजार १ सय १५ रहेका छन् ।
तृप्ति शाही
वीरेन्द्रनगर । सुर्खेतमा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ । जिल्लाको क्षेत्र नम्बर १ मा ६२ हजार ५ मत खसेकोमा क्षेत्र नम्बर २ मा ६६ हजार ८५७ मत खसेको हो । यो ४ बजेसम्म खसेको मत भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्लामा दुई लाख ४८ हजार ९४३ मतदाता छन् ।
जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुई अस्थायीसहित २ सय ४२ मतदानस्थल छन् भने ३ अस्थायीसहित ३ सय ५ मतदान केन्द्र छन् ।
कर्णाली प्रदेशभर अहिलेसम्म ४९ प्रतिशत मत खसेको छ ।
तर्कराज भट्ट
डडेलधुरा– मतदान समाप्त हुन एक घण्टा मात्रै बाँकी रहँदा डडेलधुरामा ४४.२३ प्रतिशत मतदान भएको छ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ।
निर्वाचन कार्यालयका अनुसार साँझ ४ बजेसम्म जिल्लामा रहेका ९३ हजार ४०३ मतदातामध्ये ४१ हजार ३६८ मत खसेको छ। खसेको मतमध्ये महिला २२ हजार ४८५ र पुरुष १८ हजार ८८३ रहेका छन्।
डाेल्पामा ४ बजेसम्म ६२ प्रतिशत मत खसेकाे छ । जिल्ला प्रहरी कार्यालय डाेल्पाका सूचना अधिकारी टाेपेन्द्र मुढामगरले १५ हजार ४ सय १९ मत खसेकाे बताए । जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको उनको भनाइ छ । डाेल्पामा कुल ७० वटा मतदान केन्द्र छन् । जिल्ला कारागार कार्यालयकाे मतदान केन्द्रमा शतप्रतिशत मत खसेर सम्पन्न भइसकेको छ । डोल्पामा कुल मतदाता २४ हजार १ सय १५ रहेका छन् । - रामचन्द्र न्यौपाने
विनोद घिमिरे
धनकुटा– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा दिउँसो ३ बजेर ४५ मिनेटसम्म ४४ प्रतिशत मतदान भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त समयसम्म ५२ हजार ५८४ मत खसेको छ। जसमध्ये पुरुष २६ हजार ३४५ र महिला २६ हजार २३९ रहेका छन्।
जिल्लाभरका १६८ मतदान केन्द्रमा बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रशासनले जनाएको छ।
शिव पुरी
रौतहट– रौतहटका चार वटा निर्वाचन क्षेत्रमा बिहीबार दिउँसो ४ बजेसम्म २ लाख ४७ हजार जनाले मतदान गरेका छन्।
४ लाख ३६ हजार ६२२ मतदाता रहेको रौतहटमा ४ बजेसम्म ५६ प्रतिशत मतदान भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अहिले जिल्लाका ५४१ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको जिल्ला प्रशासनले जनाएको छ ।
अनिश तिवारी
सिन्धुपाल्चोक- दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा बिहीबार दिउँसो ३ बजेसम्म ४१ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल मतदातामध्ये दिउँसो ३ बजेसम्म ४१ प्रतिशतले मतदान गरेका हुन् ।
तीन नगर र नौ गाँउपालिका रहेको सिन्धुपाल्चोकमा दुई क्षेत्रमा २ लाख ७४ हजार ९ सय ९८ मतदाता छन् ।
जसमध्ये हालसम्म १ लाख १३ हजार ४ सय ३५ मतदाताहरूले मतदान गरेका छन् । जसमा महिला ५० हजार ९ सय ७५ र पुरुष ६२ हजार ४ सय ६१ मतदाता छन्।
मुख्य निर्वाचन अधिकृत रिता बख्रेलका अनुसार मतदाता उत्साहित भएर मतदानमा आएका छन् । जिल्लामा १ सय ४६ मतदानस्थल र ३ सय ३८ मतदान केन्द्र छन् । सिन्धुपाल्चोक–१ मा ८३ मतदान स्थल र १ सय ७२ केन्द्र कायम छन्।
अजित तिवारी
जनकपुर– धनुषामा अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले धनुषाका चार वटै निर्वाचन क्षेत्रमा ५५ प्रतिशत मतदान भएको जानकारी दिए ।
धनुषामा बिहान मतदान केन्द्रमा मतदान गर्ने क्रम पातलो रहे पनि दिउँसोपछि मतदाताको बाक्लो उपस्थिति रहेको छ।
सिरहामा दिउँसो साढे ३ बजेसम्ममा ६२ प्रतिशत मत खसेको छ । चार निर्वाचन क्षेत्र रहेको सिरहामा ४ लाख ५३ हजार ६४५ मतदाता छन् । सिरहा–१ मा एक लाख ११ हजार ९४९, सिरहा–२ मा एक लाख १५ हजार ७६०, सिरहा–३ मा एक लाख १९ हजार २५० र सिरहा–४ मा एक लाख ६ हजार ६८६ मतदाता छन् । जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ३१ मतदान केन्द्र कायम गरिएका छन् । जिल्लाभरमा शान्तिपूर्ण ढंगले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । - विनय आजाद
कर्णाली । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो ३ बजेसम्म ४५ दशमलव २ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंकाअनुसार प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी डोल्पामा ५९ दशमलव ४२ प्रतिशत मत खसेको छ ।
त्यसैगरीमा मुगुमा ५५ दशमलव ४२, हुम्लामा ५२ दशमलव ९१, रुकुमपश्चिममा ५० दशमलव ६१, जाजरकोटमा ४९ दशमलव ७५, जुम्लामा ४७ दशमलव ६७, कालीकोटमा ४२ दशमलव ६४, सल्यानमा ३८ दशमलव ४५ प्रतिशत मत खसेको सूचना अधिकारी चौलागार्इंले जानकारी दिए ।
उनका अनुसार सुर्खेत क्षेत्र नं १ मा ४८ दशमलव २५, क्षेत्र नं २ मा ४६ दशमलव ११, दैलेख क्षेत्र नं १ मा ३७ दशमलव ३३ र क्षेत्र नं २ मा ३५ दशमलव २७ प्रतिशत मत खसेको छ । कुल १० लाख ३७ हजार २५० मतदातामा कर्णाली प्रदेशमा अहिलेसम्म चार लाख ६८ हजार ४२५ मतदाताले मत खसालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
विनय आजाद
सिरहा– सिरहामा दिउँसो साढे ३ बजेसम्ममा ६२ प्रतिशत मत खसेको छ । सम्पन्न भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा साढे ३ बजेसम्म ६२ प्रतिशत हाराहारी मतदान सम्पन्न भएको हो ।
चार निर्वाचन क्षेत्र रहेको सिरहामा कुल चार लाख ५३ हजार ६४५ मतदाता छन् । सिरहा–१ मा एक लाख ११ हजार ९४९, सिरहा–२ मा एक लाख १५ हजार ७६०, सिरहा–३ मा एक लाख १९ हजार २५० र सिरहा–४ मा एक लाख ६ हजार ६८६ मतदाता छन् ।
जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ३१ मतदान केन्द्र कायम गरिएका छन् । जिल्लाभरमा शान्तिपूर्ण ढंगले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठ यस पटक मतदान नगर्ने भएका छन् । सर्लाही–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका श्रेष्ठको मतदाता नामावली भने गोरखाको सिरानचोक–८ जौवारी स्थित परोपकार आदर्श मावि मतदान केन्द्रमा छ ।
श्रेष्ठ हाल सर्लाहीमै छन् । ‘मत हाल्न गोरखा पुग्न नसकिने स्थिति बन्यो,’ उनका सचिवालयमा रहेका सुरेशकाजी श्रेष्ठले भने,‘अहिले सर्लाहीमै छौँ, गोरखा पुग्न सभ्भव नै देखिएन ।’ गोरखा–२ मा नेकपाबाट लेखनाथ न्यौपाने उम्मेदवार छन् । -हरिराम उप्रेती/गोरखा
अर्काको नाममा मत खसाल्न लागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर नगरपालिका–९ बैरियाका १८ वर्षीय अरजे हयात छन् । उनले बैरिया अनाथालय मतदान स्थलमा महमद आसिकको नाममा मतदान गर्न खोजेपछि नियन्त्रणमा लिइएको डीएसपी विष्णुप्रदिप बस्यालले बताए । - शिव पुरी
केदार शिवाकोटी
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका-८ कालिनाग मतदानस्थलमा सहकारीको परिचयपत्रले मतदान गर्न खोजेपछि विवाद भएको छ ।
सहकारी परिचयपत्रले मत खसाल्न मतदान अधिकृतले नदिएपछि विवाद उत्पन्न भएको हो । विवादपछि मतदान रोकिएको छ ।
मतदानलाई पुन: सञ्चालन गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
मोहन चन्द
बैतडी । तडीमा प्रतिनिधिसभा सदस्य चयनका लागि ३५.८२ प्रतिशत मत खसेको छ । १ लाख ५६ हजार ३७२ मतदातामध्ये दिउँसो ३ बजेसम्म ५६ हजार पाँच जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटेर नरेश दयालले जानकारी दिए ।
३० हजार ११६ महिला, २५ हजार ८८८ पुरुष र एक जना अन्य गरी जम्मा ५६ हजार ५ जनाले मतदान गरेका छन् ।
जिल्लाभरि शान्तिपूर्ण रूपमा मतदान चलिरहेको र मतदाताले उत्साहका साथ भाग लिइरहेका बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा साढे २ बजेसम्म ४५ प्रतिशत मत खसेको छ । हालसम्म १ लाख ९६ हजार ४ सय १३ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए ।
क्षेत्र नं. १ मा ६६ हजार १ सय ८६, क्षेत्र नं. २ मा ५८ हजार ७ सय २८ र क्षेत्र नं. ३ मा ७१ हजार ४ सय ९९ मत खसेको उनले बताए । दाङमा २ लाख १३ हजार ३ सय ८० पुरुष र २ लाख १८ हजार ३ सय ३ महिला गरी ४ लाख ३१ हजार ६ सय ८६ मतदाता छन् । जसमध्ये क्षेत्र नं. १ मा ७० हजार ५ सय ५४ पुरुष र ६९ हजार ४ सय ४६ महिला गरी १ लाख ४० हजार १ मतदाता छन् ।
क्षेत्र नं. २ मा ६८ हजार ५ सय ५८ पुरुष र ७२ हजार ४ सय ६ महिला गरी १ लाख ४० हजार ९ सय ६५ मतदाता छन् । यस्तै क्षेत्र नं. ३ मा ७४ हजार २ सय ६८ पुरुष र ७६ हजार ४ सय ५१ महिला गरी १ लाख ५० हजार ७ सय २० मतदाता छन् ।
दाङका तीन निर्वाचन क्षेत्रमा १ सय ५९ मतदान स्थल छन् । जसमध्ये क्षेत्र नं. १ मा ५४, क्षेत्र नं. २ मा ४९ र ३ मा ५६ मतदान स्थल छन् । यसैगरी तीन निर्वाचन क्षेत्रमा ४ सय ८२ मतदान केन्द्र छन् । जसअन्र्तगत क्षेत्र नं. १ मा १ सय ५८, क्षेत्र नं. २ मा १ सय ५५ र ३ मा १ सय ६९ मतदान केन्द्र छन् ।
दाङमा ६० जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । जसमध्ये क्षेत्र नं. १ मा १२ राजनीतिक दल र २ स्वतन्त्र गरी १४ जना, क्षेत्र नं. २ मा १५ राजनीतिक दल र ८ स्वतन्त्र गरी २३ जना र क्षेत्र नं. ३ मा १५ राजनीतिक दल र ८ स्वतन्त्र गरी २३ जना उम्मेदवार छन् । -दुर्गालाल केसी/दाङ
पछिल्लो अपडेटअनुसार कर्णाली प्रदेशका दस जिल्लामा जारी मतदानमा ४१ प्रतिशत मत खसेको छ । कर्णाली प्रदेशमा १० लाख ३७ हजार २ सय ५० मतदाता रहेका छन् । अहिलेसम्म ४ लाख २४ हजार ७५५ मत खसेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
सबैभन्दा धेरै मुगुमा ५५ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम मत कालीकोटमा ३० प्रतिशत मत खसेको छ ।
संखुवासभामा दिउँसो साढे २ बजेसम्म ३९ प्रतिशत अर्थात ४६ हजार ६४३ मत खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिलासहित एक लाख १९ हजार ६३० मतदाता छन् । जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् । -दीपेन्द्र शाक्य/संखुवासभा
बझाङमा दिउँसो २:३० बजेसम्म करिब ३० प्रतिशत मत खसेको जानकारी जिल्ला निर्वाचन कार्यालयले दिएको छ।
विभिन्न मतदानस्थलबाट प्राप्त विवरणअनुसार अहिलेसम्म बझाङमा ३८ हजार १४८ जनाले मतदान गरिसकेको र मतदान गर्ने क्रम जारी रहेको जिल्ला निर्वाचन अधिकारी वसन्त धानुकले जानकारी दिए । -वसन्तप्रताप सिंह/ बझाङ
गुल्मीमा साढे दुई बजेसम्म ३५ प्रतिशत मत खसेकाे छ । साथै हालसम्म सबै मतदानस्थलमा अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रैले जानकारी दिए ।
गुल्मीमा २ लाख २९ हजार ५ सय ४९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख ऋषि घिमिरेले बताए । उनका अनुसार, महिला एक लाख १५ हजार २ सय १० जना, पुरुष एक लाख १४ हजार ३ सय ३७ जना र अन्य दुई जना मतदाता रहेका छन् । गत निर्वाचनको तुलनामा अहिले मतदाताको संख्या पाँच हजार २ सय ७३ ले बढेको छ । हालसम्म यस जिल्लामा १ सय ४५ मतदान स्थल र २ सय ८४ मतदान केन्द्र रहेको घिमिरेले बताए ।
क्षेत्र नम्बर १ मा एक लाख २२ हजार १ सय ८६ जना मतदाता रहेका छन् । जसमा महिला ६२ हजार २ सय ७२ जना र पुरुष ५९ हजार ९ सय १४ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ८३ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख सात हजार ३ सय ६३ जना मतदाता रहेका छन् । जसमा महिला ५२ हजार ९ सय ३८ जना, पुरुष ५४ हजार ४ सय २३ जना र अन्य दुई जना मतदाता रहेका छन् । यस क्षेत्रमा ६२ मतदान स्थल र १ सय २९ मतदान केन्द्र छन् । सन्तोष महतारा/गुल्मी
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको जारी मतदानमा रोल्पामा २ बजेसम्म बजेसम्म ३२ प्रतिशत मत खसेको छ।
एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पा दिउँसो २ बजेसम्म ३२प्रतिशत मत खसेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभएको छ । जिल्लाभर २ हजार बढी सुरक्षा परिचालन गरिएको छ ।
रोल्पामा ८६ वटा मतदान स्थल र दुई अस्थायीसहित १ सय ८२ मतदान केन्द्र छन्। जिल्ला कुल १ लाख ४९ हजार ५सय ९७ छ । जसमा महिला मतदाता ७४ हजार ९०७ र पुरुष मतदाता ७४ हजार ६९० छन्। -काशीराम डाँगी, मीनराज रोका/ रोल्पा
मुस्ताङमा २ बजेसम्म ५० प्रतिशत मत खसेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार सबै क्षेत्रमा शान्तिपूर्वक मतदान भइरहेको छ । मुस्ताङमा ३९ मतदान केन्द्र छन् । कुल मतदाता ११ हजार ३ सय २८ मतदाता रहेका छन्, जसमध्ये ५ हजार ६ सय ६४ जनाले मतदान गरिसकेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म १ लाख २३ हजार १५९ मत खसेको छ । निर्वाचन कार्यालयका अनुसार सो अवधिसम्म जिल्लाभरका विभिन्न मतदान केन्द्रहरूमा महिला ५४ हजार ९२५ र पुरुष ६८ हजार २३४ गरी कुल १ लाख २३ हजार १५९ मत खसेको हो । यो कुल मतदाताको करिब ३७ प्रतिशत मतदान हो ।
जिल्लाका प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ अन्तर्गत रहेका सबै मतदान केन्द्रहरूमा मतदाताहरू बिहानैदेखि उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन् । कतिपय मतदान केन्द्रमा मतदाताको लामो लाइन समेत देखिएको छ ।
निर्वाचन कार्यालयका अनुसार हालसम्म जिल्लाभर मतदान कार्य शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । सुरक्षा निकायको बाक्लो उपस्थितिका बीच मतदाताहरूले निर्धक्क भएर मतदान गरिरहेका छन् । निर्वाचन आयोगले बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुका ५ बजेसम्म जारी रहने जनाएको छ । -पुजन धिताल/काभ्रे
मकवानपुरमा २ बजेसम्म करिब ३४ प्रतिशत अर्थात १ लाख ६६ हजार ७३ मत खसेको छ । २ निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् । सबै मतदान केन्द्रमा शान्तिपुर्ण ढंगले मतदान कार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । ३७४ वटै मतदान केन्द्रमा शान्तिपुर्ण वातावरणमा मतदान भइरहेको वागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले बताए । 'दिउँसो २ बजेसम्म ३४ प्रतिशत मत खसिसकेको छ,' उनले भने । -प्रताप विष्ट/हेटौंडा
गुल्मीमा मध्याह्न २ बजेसम्म ७० हजार ४ सय ६० मत खसेको छ । सबै मतदानस्थलमा अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रैले जानकारी दिए ।
गुल्मीमा २ लाख २९ हजार ५ सय ४९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख ऋषि घिमिरेले बताए । उनका अनुसार, महिला एक लाख १५ हजार २ सय १० जना, पुरुष एक लाख १४ हजार ३ सय ३७ जना र अन्य दुई जना मतदाता रहेका छन् । गत निर्वाचनको तुलनामा अहिले मतदाताको संख्या पाँच हजार २ सय ७३ ले बढेको छ । हालसम्म यस जिल्लामा १ सय ४५ मतदान स्थल र २ सय ८४ मतदान केन्द्र रहेको घिमिरेले बताए ।
क्षेत्र नम्बर १ मा एक लाख २२ हजार १ सय ८६ जना मतदाता रहेका छन् । जसमा महिला ६२ हजार २ सय ७२ जना र पुरुष ५९ हजार ९ सय १४ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ८३ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख सात हजार ३ सय ६३ जना मतदाता रहेका छन् । जसमा महिला ५२ हजार ९ सय ३८ जना, पुरुष ५४ हजार ४ सय २३ जना र अन्य दुई जना मतदाता रहेका छन् । यस क्षेत्रमा ६२ मतदान स्थल र १ सय २९ मतदान केन्द्र छन् । -सन्तोष महतारा/गुल्मी
महोत्तरीको ४ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि सुरू भएको मतदानमा दिउँसो १ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार दिउँसो १ बजेसम्म महिला ७७ हजार १८४ र पुरुष ७३ हजार २७७ मतदाताले मतदान गरेका छन् ।
महोत्तरी १ मा महिला १२ हजार ४२२ र पुरुष ११हजार २६८ गरी कुल २३ हजार ६९०, महोत्तरी २ मा महिला ११ हजार ४१४ र पुरुष १० हजार ९१७ गरी कुल २२ हजार ३३१, महोत्तरी ३ मा महिला २६ हजार ४०७ र पुरुष २५ हजार ८९० गरी कुल ५२ हजार २९७ र महोत्तरी ४ मा महिला १५ हजार ४६१ र पुरुष १५ हजार ७९८ गरी कुल ३१ हजार ९२८ मतदाताले मतदान गरेका छन ।
संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको जिल्ला कारागारमा ३३ कैदीबन्दीले मतदान गोका छन् । कारागारमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेको मतदान अधिकृत शोभा दाहालले जानकारी दिइन् । २८ पुरुष र ५ महिला कैदी बन्दीले मतदान गरेका हुन् । - दीपेन्द्र शाक्य
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला कारागारमा ३३ कैदीबन्दीले मतदान गोका छन् । कारागारमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका कैदीबन्दीमध्ये मतदाता नामावलीमा समावेश ३३ जनाले मतदान गरेका छन्।
कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ३३ जना कैदीबन्दीले मतदान गरेको मतदान अधिकृत शोभा दाहालले जानकारी दिइन् ।
जिल्ला कारागारमा मतदाता नामावली भएका २८ पुरुष र ५ महिला कैदीबन्दीले मतदान गरेको मतदान अधिकृत दाहालले बताइन् । त्यस्तैगरी अस्थायी मतदान केन्द्रबाट १२ बजेसम्म ५१ जनाले मतदान गरेका छन् । जिल्लामा १ हजार ३ सय ९७ अस्थायी मतदाता रहेका छन् । -दीपेन्द्र शाक्य/संखुवासभा
क्षेत्रीय कारागार भीमफेदीमा साढे एक बजेसम्म १ सय ४९ मत खसेको छ । १६२ मतदातामध्ये १ सय ४९ मत खसेको भीमफेदी कारागारका जेलरले बताएका छन् ।
भीमफेदी कारागार ४ महिलासहित १६६ मतदाता रहेकोमा ४ जना जेलबाट छुटिगएकाले १६२ जना मतदाता रहेका छन् । तीमध्ये ४ जना महिलासहित १ सय ४९जना कैदीबन्दीले मतदान गरेका छन् । उनीहरूले समानुपातिकतर्फमात्र मतदान गर्न पाउछन । मकवानपुरमा अस्थायी मतदान केन्द्र २ वटा रहेका छन् । एउटा भीमफेदी कारागार र अर्को जिल्ला प्रशासन कार्यालय हेटौंडामा रहेको छ । मतदाता ३ हजार ३ सय ७ रहेको छ । अस्थायी मतदान केन्द्रका मतदाताहरुले समानुपातिकतर्फमात्र मतदान गर्न पाउँछन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा दिउँसो १:३० बजेसम्म ५६ हजार भन्दा बढी मत खसेको छ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले २ सय ११ मतदान केन्द्रमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए ।
सबै गाउँमा मतदातालाई सुरक्षित तरिकाले नै मतदान गर्न घरबाट केन्द्रसम्म पुगेका छन् । जिल्लामा १ लाख ७१ हजार ६ सय ६२ मतदाता संख्या रहेको छ । -वीरेन्द्र केसी /अर्घाखाँची
काठमाडौंमा दिउँसो १ बजेसम्म ४१ प्रतिशत मतदान भएको छ । काठमाडौंका १० निर्वाचन क्षेत्रमा २ लाख ८८ हजार ६ सय ५९ मत खसेको छ । ७ लाख १० हजार ७ सय ८ मत रहेको काठमाडौंमा ३ सय २० मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा कुनै पनि घटना नभएको र शान्तिपूर्वक मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै भक्तपुरमा २४ प्रतिशत र ललितपुरमा ३१ प्रतिशत मतदान भएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि जिल्लामा दिउँसो एक बजेसम्म ३३ प्रतिशत मतदान भएको बताइएको छ । जिल्लाको २ सय ३६ मतदानस्थलका ४ सय ९१ मतदान केन्द्रमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले बताए ।
अहिलेसम्म जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लाको तीन निर्वाचन क्षेत्रमा ३ लाख ९६ हजार २६५ मतदाता रहेका छन् । -मनोज पौडेल/कपिलवस्तु
धनकुटामा मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। सुरक्षाका सबै अंग परिचालन गरिएको प्रशासन स्राेतले जनाएको छ। यसक्रममा नेपाली सेनाले समेत जिल्लास्थित सबै मतदान केन्द्रमा गस्ती गरेकाे जनाएको छ। जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भईरहेकाे प्रमुख जिल्ला अधिकारी विनाेदकुमार खड्काले बताए।
कर्णाली प्रदेशमा अहिलेसम्म ३०.७ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी हुम्लामा ४३.७२ प्रतिशत मत खसेको छ ।यस्तै मुगुमा ३७.५५, जाजरकोटमा ३४.५३, डोल्पामा ३४.०५, सल्यानमा ३३.५७, सुर्खेत क्षेत्र नम्बर २ मा ३१.५३ र क्षेत्र नम्बर १ मा ३०.७२, जुम्लामा ३१.२६, कालिकोटमा २६.७९, दैलेख क्षेत्र नम्बर १ मा २१.९२, क्षेत्र नम्बर २ मा १६.८३ र रुकुम पश्चिममा ३४.५३ मत खसेको छ । तृप्ति शाही/सुर्खेत
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-१ नम्बर वडा कार्यालय धोमा रहेको मतदान केन्द्रमा करिब ५७ प्रतिशत मत खसेको छ ।
हालसम्म करिब ५७ प्रतिशत मत खसेको मतदान अधिकृत अशोक राईले जानकारी दिए । उनका अनुसार कुल मतदाता दुई सय ४९ भएकोमा हालसम्म १ सय ४१ जनाले मतदान गरेका छन् । अहिले कोही मतदाता नआएपछि कर्मचारीहरू मतदाताको पर्खाइमा रहेको बताइएको छ । -रामचन्द्र न्यौपाने/डोल्पा
वीरगन्ज काराागारमा कैदीबन्दी मतदाताले शतप्रतिशत मतदान गरेका छन् । कारागारका जेलर बाबुलाल रेग्मीका अनुसार, कुल ३२ कैदीबन्दी मतदाता रहेकामा सबैले मतदान गरेका छन् । उनीहरुले समानुपातिक प्रणालीतर्फ मात्र मतदान गर्न पाएका हुन् । कारागारमा कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारी समेत गरी ६७ मतदाता रहेकामा कैदीबन्दी बाहेक अन्य मतदाता भने अन्य मतदान केन्द्रमा खटिएकाले सबै मतदाताले मतदान गर्ने अवस्था नरहेको जेलर रेग्मीले बताए । - शंकर आचार्य
तेह्रथुममा मध्यान्ह १२:३० बजेसम्म २७ प्रतिशत मतदान सम्पन्न भएको छ । १० हजार ३ सय ७९ पुरुष र ९ हजार ३६ महिला गरी जम्मा १९ हजार ४ सय १५ मतदाताले मतदान सम्पन्न गरिसकेको मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभरका ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले हरेक दुई–दुई घण्टामा मतदान प्रतिशत सार्वजनिक गर्दै आएको छ । तेह्रथुममा ७३ हजार १ सय ३७ मतदाता रहेका छन् । - चन्द्र कार्की
वीरगन्ज काराागारमा कैदीबन्दी मतदाताले शतप्रतिशत मतदान गरेका छन् । कारागारका जेलर बाबुलाल रेग्मीका अनुसार, कूल ३२ कैदीबन्दी मतदाता रहेकोमा सबैले मतदान गरेका छन् । उनीहरुले समानुपातिक प्रणालीतर्फ मात्र मतदान गर्न पाएका हुन् ।
कारागारमा कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीसमेत गरी कूल ६७ मतदाता रहेकोमा कैदीबन्दीबाहेक अन्य मतदाता भने अन्य मतदान केन्द्रहरुमो खटिएकाले सबै मतदाताले मतदान गर्ने अवस्था नरहेको जेलर रेग्मीले बताए । -शंकर आचार्य/पर्सा
धनकुटामा १२ बजेसम्म १८ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभरका १ सय ६६ स्थायी र २ अस्थायी गरी कुल १ सय ६८ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले हरेक दुई–दुई घण्टामा मतदान प्रतिशत सार्वजनिक गर्ने जनाएको छ। - विनोद घिमिरे
दुई पक्षबीच विवाद भएपछि महोत्तरीको बर्दिवासस्थित प्रेमनगर मतदान केन्द्रमा स्थगित मतदान प्रक्रिया सुरू भएको छ । सो मतदान केन्द्रमा २ घण्टापछि मतदान प्रक्रिया सुरू भएको हो ।
केही मतदाताले दोहोर्याएर मतदान गर्ने प्रयास गरेपछि विवादको स्थिति सिर्जना भएको थियो । साढे १० बजेदेखि स्थगित भएको मतदान प्रक्रिया १२ बजेर ४० मिनेटमा सुरू भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
विवादका क्रममा वडाध्यक्ष भोरिल यादव तथा नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूबीच झडप हुँदा वडाध्यक्ष यादव सामान्य घाइतेसमेत भएका थिए ।
नेपालभर प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार विवाद भएका ठाउँमा समन्वय र सहजीकरण गरेर अवस्था सामान्य अवस्थामा ल्याएर मतदान भइरहेको छ । केही ठाउँमा छिटपुट घटना भएपनि अवस्था सामान्य अवस्थामा ल्याइएको उनको भनाइ छ ।
उपल्लो डोल्पा स्थित शे-फोक्सुन्डो गाउँपालिका ६ मा पर्ने फोतगाउँ मतदान केन्द्रमा करिब २३ मत खसेको छ ।
जिल्लामै सबैभन्दा कम मतदाता भएको यस मतदान केन्द्रमा हालसम्म २३ मत खसेको प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन् ।
गाउँमा यति नै मतदाता भएको अनुमान गरिए पनि साँझ ५ बजेसम्म कुरेर बताइएको छ । यस मतदान केन्द्रमा कुल ४० मतदाता रहेका छन् । -रामचन्द्र न्यौपाने/डोल्पा
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को अस्थायी मतदानस्थल जिल्ला कारागारमा रहेका सबै मतदाताले मतदान गरेका छन् । कारागारमा १०३ मतदाता रहेकोमा केही सजाय भुक्तान गरी छुटेका र केही अन्यत्र कारागरमा सरुवा भएका गरी १५ नभएको जिल्ला कारागार कार्यालयले जनाएको छ ।
बाँकी रहेका ८८ मतदाताले मतदान गरिसकेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख लालबहादुर गुरुङले बताए । ८८ मतदातामा ८ महिला र ८० पुरुष रहेका छन् । कारागारमा रहेका सबै मतदाताले मतदान गरे पनि आयोगले पाँच बजेसम्म समय तोकेकाले उक्त समयसम्म बस्नुपर्ने प्रमुख गुरुङले बताए । सुर्खेतमा दुई अस्थायीसहित १सय ४२ मतदान स्थल र ३ अस्थायी सहित ३०५ मतदान केन्द्र छन ।
काठमाडौं ९ बाट एमालेका उम्मेदवार अजयक्रान्ति शाक्यले मतदान गरेका छन् । शाक्यले काठमाडौं महानगरपालिकास्थित वडा नम्बर- २१ को फसिगा लगनटोल मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
शाक्यले आम मतदातालाई ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् ।
निर्वाचन आयोगले सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको जानकारी दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै जिल्लाहरूमा मतदान उत्साहजनक रूपमा भइरहेको जानकारी दिएका हुन् ।
आयोगका प्रवक्ता भट्टराईले भने, 'सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको छ ।'
सबै जिल्लामा दिउँसो १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको पनि भट्टराईले जानकारी दिएका छन् । सम्पूर्ण मतदाताको लगभग १८ प्रतिशत मत खसेको उनले बताए ।
उपल्लो डोल्पा स्थित छार्काताङ्सोङ गाउँपालिका-३ मा पर्ने सप्तकोशी आधारभूत विद्यालय ढाँडगाउ मतदान केन्द्रमा करिब ६५ प्रतिशत मत खसेको छ ।
हालसम्म करिब ६५ प्रतिशत मत खसेको मतदान अधिकृत डा.साजन रोकायले जानकारी दिए । उनका अनुसार कुल मतदाता १ सय १६ भएकोमा हालसम्म ७५ जनाले मतदान गरेका छन् । -रामचन्द्र न्यौपाने/कान्तिपुर
आज प्रतिनिधिसभा निर्वाचनअन्तर्गतको मतदान जारी छ । देशभर सार्वजनिक सवारी सञ्चालनमा भने रोक लगाइएको छ सडक सुनसान छन् । तर रौतहटको सडकमा अनुमति प्राप्तबाहेकका सवारी सञ्चालन नहोस् भनेर प्रहरीले कडाइसहितको निगरानी गरेको छ ।
एम्बुलेन्स, कूटनीतिक नियोगका गाडीलगायत अनुमति पाएका गाडीहरूलाई सञ्चालनमा कुनै रोक लगाइएको छैन भने अनुमति नलिई सञ्चालन गरिएका चालीस भन्दा बढी मोटरसाइकल र गाडीलाई भने प्रहरीले रोक लगाएका छ।
यस्ता सवारीलाई साँझ ५ बजेपछि मात्रै सञ्चालन गर्न दिइने इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख शंकर आचार्यले बताए। अनुमति नपाएका र सञ्चालनमा रहेका सवारीलाई सडक छेउमै रोकेर राखिएको छ । -राजेश्वर पाण्डेय/रौतहट
उदयपुरमा २८ जना कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला कारागार उदयपुरमा रहेका २४६ कैदीबन्दीमध्ये मतदाता नामावलीमा नाम भएका २८ जनाले मतदान गरेका हुन् । कारागारमा रहेका सबै कैदीबन्दीको मतदाता नामावलीमा नाम नभएकाले २८ जनाले मात्रै मतदान गर्न पाएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ।
हुम्लामा १२ बजेसम्म ३३ प्रतिशत खसेको छ । मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार हालसम्म ११ हजार बढी मतदाताले मतदान गरेका छन् ।
हुम्ला जिल्लमा ६० मतदानस्थल र ६४ वटा मतदान केन्द्र रहेका छन् । सबै मतदान केन्द्रहरूमा मतदान भइरहेको बरालले जानकारी दिए । हुम्लामा कुल मतदाता संख्या ३४ हजार २७६ मतदाता रहेका छन् । -ज्योति कटुवाल
धनकुटामा बिहान ११ बजेसम्म ११ प्रतिशत मत खसेको छ । मतदान केन्द्रमा न्यून संख्यामा मतदाता उपस्थित भएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय १९ मतदानस्थल तथा १ सय ६६ मतदान केन्द्र तोकिएका छन् । ३ जना स्वतन्त्र उम्मेदवारसहित १७ जना चुनावी प्रतिस्पर्धामा छन् । यहाँ कुल १ लाख १८ हजार ४ सय २५ मतदाता छन् । - रमेशचन्द्र अधिकारी
सुर्खेतको एक अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । जिल्ला कारागार सुर्खेतमा भएको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । कारागारबाट ८८ जना कैदीबन्दीले मतदान गरेका प्रदेश निर्वाचन अधिकारी मानबहादुर गुरूङले जानकारी दिए । उनका अनुसार सुर्खेतमा अहिलेसम्म ५० हजार ६ सय ६८ मत खसेका छन् । तृप्ति शाही/सुर्खेत
पाल्पा कारागार अस्थायी मतदान केन्द्र तानसेनमा शतप्रतिशत मतदान सम्पन्न भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीका अनुसार कुल ६७ मतदाता रहेकामा सबैले समानुपातिकतर्फ मतदान गरेका छन् । महिल ४ र पुरूष ६३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । -माधव अर्याल/पाल्पा
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछाम जिल्लामा बिहान ११ बजेसम्म १८ हजार ४०६ मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये पुरुष ९ हजार ५२६ र महिला ८ हजार ८८० रहेका छन् । यो कुल मतदाताको करिब ११ दशमलव १३ प्रतिशत हो ।
जिल्लामा रहेका १३० मतदानस्थलमध्ये ६६ वटा अति संवेदनशील, ५० वटा संवेदनशील र १४ वटा मात्रै सामान्य रूपमा वर्गीकृत गरिएको छ । अछाममा कुल २१३ मतदान केन्द्र रहेका छन् ।
प्रतिनिधिसभाअन्तर्गत जिल्लामा दुई निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नम्बर–१ मा १०५ मतदान केन्द्र छन् भने क्षेत्र नम्बर–२ मा १०८ मतदान केन्द्र रहेका छन् । मतदाता संख्याका हिसाबले दुवै क्षेत्र लगभग बराबर छन् । क्षेत्र नम्बर–१ मा ८२ हजार ५१३ र क्षेत्र नम्बर–२ मा ८२ हजार ८२४ मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि अछाम–१ र अछाम–२ बाट दलका ८/८ जना उम्मेदवार तथा एक स्वतन्त्र उम्मेदवार गरी कुल १७ जना चुनावी मैदानमा छन् । चुनाव शान्तिपूर्ण रूपमा जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अछाम
नेपाल सकारकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ मतदान गरेकी छन् । उनले काठमाडौंबाट मतदान गरेकी हुन् ।
मन्त्री श्रेष्ठले मतदाताहरूलाई सक्रियतापूर्वक मतदानमा सहभागी भई नागरिक कर्तव्य पूरा गर्न पनि आह्वान गरेकी छन् । मतदान गरेपछि उनले भनिन्, 'आजको ऐतिहासिक प्रतिनिधिसभा निर्वाचनमा मतदान गरी मैले मेरो नागरिक कर्तव्य पूरा गरेँ । तपाईंहरूले पनि आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुभएको छ भन्ने विश्वास लिएको छु ।'
मन्त्री श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदाता हुन् । उनले भद्रकाली प्राथमिक विद्यालय खड्का भद्रकाली (ग) मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
हिमाली जिल्ला मुगुमा ५ घण्टामा १६ प्रतिशत मत खसेको छ । जिल्लाभरका सबै मतदान स्थल र केन्द्रबाट अहिलेसम्म महिला २ हजार ६ सय ४३ जना र पुरुष ३ हजार १ सय १९ जना गरी कूल ५ हजार ६ सय ९२ जनाको खसेको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।
चार स्थानीयतह एक मात्र निर्वाचन क्षेत्र रहेको मुगुमा मतदानस्थल ६८ र मतदान केन्द्र ७० रहेको प्रमुख जिल्ला अधिकारी खत्रीको भनाइ छ । कूल ३६ हजार ३१ मतदाता रहेको मुगुका सबै मतदान स्थल र केन्द्रमा उत्साह र शान्तिपूर्ण मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ज्योति कटुवाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको बताएका छन् । चितवन ३ भरतपुरबाट मतदान गरेपछि दाहालले उक्त प्रतिक्रिया दिएका हुन् ।
विगतका भन्दा यसपटकको निर्वाचन भिन्न पाएको राष्ट्रिय सभा अध्यक्ष दाहालको भनाइ थियो । 'यो निर्वाचनको महत्त्व भिन्न छ । निर्वाचनको मिति तोकिएर यहाँसम्म आइपुग्दा छुट्टै परिवेशको भएर यसको महत्त्व छुट्टै भएको हो,' दाहालले भने, 'मैले विभिन्न ठाउँमा हेर्दै आएँ । मलाई भरपुरबाट आउँदा जनताको उत्साहजनक सहभागिता देखियो । मतदान सुरु भएको छ, मतदाताको सहभागिता राम्रो छ भन्ने लागेको छ । यो निर्वाचनले मुलुकलाई नयाँ निकास दिन्छ भन्ने विश्वास छ ।'
अध्यक्ष दाहालले जनताले अपेक्षा गरेअनुसार मुलुकमा परिवर्तनको आशा रहेको बताए । जेन-जी आन्दोलनपछि जनताले गरेका अपेक्षा निर्वाचन पछिको सरकारले पूरा गर्ने उनको भनाइ थियो । आगामी सरकारले आन्दोलनमा उठेका माग सम्बोधन गर्नेतिर ध्यान दिनुपर्ने उनले बताए । 'जनताको भावना र चाहनाअनुरुप ऐन, कानुन निर्माण गर्ने, विधेयक निर्माण गर्ने कुरा र देशलाई सुशासनयुक्त र भ्रष्टाचार मुक्त बनाउने दिशातिर लैजान म पनि मेरो आफ्नो ठाउँबाट गम्भीर रुपले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु,' दाहालले भने ।
नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएका छन् । उनले गुर्भाकोट नगरपालिका–११, मेहेलकुनास्थित सूर्यज्योति माध्यमिक विद्यालयमा पुगेर खड्काले मताधिकार प्रयोग गरेका हुन् । यसअघि उम्मेदवार रहँदै आएका खड्काले यसपटक मतदाताको रुपमा मात्रै मतदानमा सहभागी भएका हुन् ।ज्योति कटुवाल
सिरहामा बिहान ११ बजेसम्ममा ३० प्रतिशत मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा ११ बजेसम्म ४ घण्टामा ३० प्रतिशत हाराहारी मतदान सम्पन्न भएको हो ।
चार निर्वाचन क्षेत्र रहेको सिरहामा कुल चार लाख ५३ हजार ६४५ मतदाता छन् । सिरहा–१ मा एक लाख ११ हजार ९४९, सिरहा–२ मा एक लाख १५ हजार ७६०, सिरहा–३ मा एक लाख १९ हजार २५० र सिरहा–४ मा एक लाख ६ हजार ६८६ मतदाता छन् ।

जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ३१ मतदान केन्द्र कायम गरिएका छन् । जिल्लाभरमा निकै उत्साहप्रद र शान्तिपूर्ण ढंगले मतदान जारी रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
दैलेखमा २ वटा निर्वाचन क्षेत्रमा ५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान १० बजेर ५० मिनेटसम्मम ५ प्रतिशत मत खसेको मुख्यनिर्वाचन कार्यालयले जनाएको छ । ९ राजनैतिक दल र ३ जना स्वतन्त्र उम्मेदवार गरी २१ जना उम्मेदवार प्रतिसपर्धामा रहेका छन् । कुलमतदाता १ लाख ६१ हजार २०४ रहेको दैलेखमा २०८ मतदानस्थलमा जिल्लामा ४६ वटा अति संवेदनशील र ६८ वटा संवेदनशील छन् । ज्योति कटुवाल/दैलेख
सर्लाही-४ अन्तर्गत बलराको जब्दी मतदान केन्द्रमा मतदान स्थगन भएको छ । जब्दीस्थित श्री प्रावि मतदान केन्द्रमा एक जना वृद्धले सहयोगीले आफन्तबाहेक अरूको सहयोगबाट मतदान गर्ने प्रयास गरेपछि पोलिङ एजेन्टबीच विवाद भएको हो। प्रजिअ रामुराज कडरिया मतदान केन्द्रमा छन् । मतदान सञ्चालनका लागि छलफल चलिरहेको छ । -राजेश मिश्र/सर्लाही
सप्तरीमा बिहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि नै यहाँ मतदान सुरू भएको थियो । क्षेत्र नं.१ स्थित हनुमाननगर कंकालिनीका एउटा मतदान केन्द्रमा भने मतपेटिका फुटेका कारण त्यहाँ १ घण्टा ढिलो मतदान सुरू भएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए ।
उनकाअनुसार अन्य सबै मतदान केन्द्रमा तोकिएको समयभित्रै मतदान सुरु भएको हो । ११ बजेसम्ममा १५ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । २ लाख १३ हजार २८३ महिला, २ लाख ३३ हजार ९६ र २३ अन्य गरी यहाँ कूल ४ लाख ४६ हजार ४०२ जना मतदाता छन् ।
चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ २९६ मतदानस्थलमा ५६२ मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान जारी छ । यहाँ कूल १०२ जना उम्मेदवार छन् । -विद्यानन्द राम/राजविराज
दैलेख कारागारमा ५ महिला समेत ३९ जना कैदीबन्दीले मतदान गरेका छन् । त्यहाँ खटिएका ६ जना कर्मचारीसमेत गरी ४५ जनाको मत खसेको दैलेख कारागार शाखा प्रमुख नृपजंग शाहीले जानकारी बताए । मुद्दामा आरोपित हुनुअघि मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्र समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने नियम अनुसार उनीहरुले मतदान गरेका हुन् । दैलेख कारागारमा १६ महिला सहित १ सय ६१ जना कैदीबन्दी थुनामा छन् । ज्योति कटुवाल, दैलेख
महोत्तरीको ४ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि सुरु मतदानमा अहिलेसम्म १४ प्रतिशत मतदान भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । साढे १० बजेसम्म महिला ३० हजार १ सय र पुरुष ३२ हजार ८१३ गरि ६२ हजार ९१३ मतदाताले मतदान गरेका छन् ।
दाेलखाकाे गाैरीशंकर गाउँपालिका-९ बेदिङमा मतदाताले मतदान बहिष्कार गरेका छन् । बिहान १० बजेर ४५ मिनेट जाँदासम्म काेही पनि मतदाता मत खसाल्न नआएको मतदानमा खटिएका एक कर्मचारीले बताए । आराेहीहरूकाे गाउँले परिचित बेदिङमा १ सय ३३ मतदाता छन् । - केदार शिवाकोटी
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ-३ का दुई मतदान केन्द्रमा मतदान भएको छैन । बबई गाउँपालिका-७ स्थित देउती मावि तल्लो मलैखोला र बबई-१ स्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा हालसम्म मत खस्न सकेको छैन ।
बिहानैदेखि मतदानका लागि तयारी अवस्थामा रहे पनि कोही मतदान गर्न नआएको देउती मावि तल्लो मलैखोलाका मतदान अधिकृत टेकबहादुर खड्काले बताए ।
यसअघि भएको सर्वदलीय बैठकमा उपस्थित भए पनि मतदानमा कोही पनि सहभागी नभएको उनले जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त क्षेत्रका बासिन्दाले यसअघि नै मतदान नगर्ने घोषणा गरेका थिए । नेताहरू गाउँ नआएको, जति भोट हाल्दा पनि विकासका पूर्वाधार केही नभएको र बाँके राष्ट्रिय निकुञ्ज राखेर गाउँलाई असुरक्षित बनाएको भन्दै उनीहरूले मतदान बहिष्कार गर्ने घोषणा गरेका थिए ।
जनता आधारभूत विद्यालय जिलामा भने सर्वदलीय बैठकमा पनि कोही नआएको र निर्वाचन बहिष्कार गर्ने जानकारी दिएको मतदान अधिकृत चिरन्जीवी खड्काले बताए । नेताहरूले बेवास्ता गरेको, जनताका आवाज नसुनेको र विकासका लागि पहल नगरेको भन्दै उनीहरूले बहिष्कार घोषणा गरेको खड्काले जानकारी दिए ।
देउती मावि तल्लो मलैखोलाका केन्द्रमा २ सय ७४ पुरुष र २ सय ५६ महिला गरी ५ सय ३० मतदाता छन् । यसैगरी जनता आधारभूत विद्यालय जिलामा २ सय ९४ पुरुष र ३ सय ८८ महिला गरी ६ सय ८२ मतदाता छन् ।
२०७९ को निर्वाचनमा दाङ–३ बाट कांग्रेसका दीपक गिरी निर्वाचित भएका थिए । यसपटक पनि गिरी उम्मेदवार छन् । एमालेबाट घनश्याम पाण्डे, नेपाली कम्युनिस्ट पार्टीबाट धनबहादुर मास्की र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी प्रतिस्पर्धामा छन् । यस क्षेत्रबाट २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यमा मास्की निर्वाचित भएका थिए । उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर अहिले उम्मेदवार भएका छन् । -दुर्गालाल केसी/दाङ
सल्यानमा बिहान १०:३५ सम्म २६ प्रतिशत मत खसेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ । कार्यालयका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दले जिल्लाभरिका स्थायी र अस्थायी मतदान केन्द्रमा २६ प्रतिशत मत खसेको जानकारी गराएका हुन् । उनका अनुसार सल्यान का ११७ मतदानस्थलमा २ सय ५ स्थायी र तीन अस्थायी गरी २ सय ८ मतदान केन्द्र रहेका छन् । जिल्ला भरी १ लाख ६२ हजार ४ सय २९ मतदाता रहेका छन् । जिल्लाका सबै मतदान केन्द्रमा शान्त वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले जानकारी गराएका छन् । विप्लव महर्जन/सल्यान
कुल मतदाता १ लाख ६१ हजार २०४ रहेको दैलेखमा २०८ मतदान स्थलमा बिहान ७ वजे मतदान जारी छ । ९ राजनीतिक दल र ३ जना स्वतन्त्र गरी २१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको दैलेका दुईवटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहान १० बजेसम्म जिल्ला भर ४ प्रतिशत मत खसेको र मतदाताहरु मतदानस्थलमा आउनेक्रम बढिरहेको प्रमुख जिल्ला अधिकारी आनन्द सारु ले जानकारी दिए । चक्र भण्डारी, दैलेख
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको जारी मतदानमा रोल्पामा साढे १० बजेसम्म बजेसम्म १० प्रतिशत मत खसेको छ ।
निर्धारित समयमै मतदान सुरु भएको रोल्पाका मतदान केन्द्रहरुमा साढे १०बजेसम्म १०प्रतिशत मत खसेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताएका छन् । जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पामा १० राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
१ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेको रोल्पामा अहिलेसम्म १५ हजार १ सय ३१ मत खसेको छ । जिल्लाभर ८६ मतदान स्थल र दुई स्थायीसहित १८२ मतदान केन्द्र रहेका छन् । - काशीराम डाँगी, मीनराज रोका /रोल्पा
बाँके निर्वाचन क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले वडा नं १५ को हनुमान आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा पुगेर सबैभन्दा पहिले मतदान गरेका छन्। बिहान ७ बजे नै मतदान केन्द्रमा पुगेर उम्मेदवार राईले सबैभन्दा पहिले मतदान गरेका हुन् ।
राईले मतदान गर्दै गरेको आफ्नो तस्बिर फेसबुकमा साझा गर्दै बाँके निर्वाचन क्षेत्र नं २ का मतदाताहरूलाई मताधिकार प्रयोग गर्न आग्रह गरेका छन्। ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन हाम्रो भविष्य र देशको नीति निर्धारणमा प्रत्यक्ष जोडिएको हुँदा मतदान गर्नु भनेको हामी सबैको जिम्मेवारी र कर्तव्य पनि हो,’ राईले भनेका छन्।-रूपा गहतराज/नेपालगन्ज
हिमाली जिल्लाको डोल्पा जिल्ला कारागार मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजे मतदान सुरू भएको र एक घण्टामै मतदान सकिएको हो ।
कुल मतदाता बीसमध्ये तेह्र मत खसेको मतदान अधिकृत नगेन्द्र बोहोराले जानकारी दिए । १३ कैदीबन्दी, पाँच कर्मचारी र दुई जना सुरक्षाकर्मीले मतदान गरेको उनले बताए । -रामचन्द्र न्यौपाने/डोल्पा
प्रतिनिधिसभा सदस्यका लागि जिल्लामा बिहान १० बजेसम्म १५ प्रतिशत मतदान भएको बताइएको छ । जिल्लाको २ सय ३६ मतदान स्थलका ४ सय ९१ मतदान केन्द्रमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले बताए । अहिलेसम्म जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लामा तीन निर्वाचन क्षेत्रमा ३ लाख ९६ हजार २६५ मतदाता रहेका छन् ।
मतदान सुरू भएको तीन घण्टा पूरा हुँदा चितवनमा २० प्रतिशत हाराहारी मत खसेको छ । चितवन जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बिहान १० बजेसम्म २० प्रतिशत मत खसेको जानकारी दिए । अपराह्न ५ बजेसम्म मतदानको समय रहेको छ । ३ निर्वाचन क्षेत्र रहेको चितवनमा कुल मतदाता ४ लाख ४२ हजार ८२ छन् । जिल्लाभर १६२ मतदान स्थलमा ४९२ मतदान केन्द्र छन् ।
उत्साहपूर्ण रूपमा देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१० शिद्धनाथ मा.वि.जिमुवामा कञ्चनपुर भीमदत्त न.पा.१० गड्डाचौकी बस्ने १०६ वर्षीय गंगादत्त भट्टले मतदान गरेका छन् । -अर्जुन शाह
ताप्लेजुङ फुङलिङ नगरपालिका १० हाङदेवा निवासी १ सय ३ वर्षीया भिमा माया कार्कीले मतदान गरेकी छन् । उनलाई उनका छोरा नेत्र कार्कीले जनता मावि हाङदेवा मतदान केन्द्रबाट मतदान गराएका हुन् । नेत्रले पिठ्यूँमा बोकेर लगेका थिए । ‘स्वास्थ्य चौकी नजिकदेखि पाँच सय मिटर जति बोकेर लगेर मतदान गराएँ’, नेत्रले टेलिफोनमा भने । आनन्द गौतम, ताप्लेजुङ
दोलखाको तामाकोसी गाउँपालिका–४ मालु मतदानस्थलमा एजेन्ट बस्ने विषयलाई लिएर मतदान कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि झडप भएको छ ।
प्रहरीले १ राउन्ड हवाई फायर गरेको छ । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले यहाँ मतदान रोकिएको छ । सर्वदलीय बैठक बसेर मतदान पुनः गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले सर्वदलीय बैठक बसिरहेको छ । -केदार शिवाकोटी/दोलखा
चुनावी प्रतिस्पर्धामा रहेका ताप्लेजुङका १३ दलका सबै उम्मेदवारले मतदान गरेका छन्। एमालेका उम्मेदवार क्षितिज थेवे र रास्वपाका उम्मेदवार विरेन्द्र श्रेष्ठले सिरिजङ्गा गाउँपालिका–१ सिमाना मतदान केन्द्रबाट मतदान गरेका छन्।
कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले सिरिजङ्गा–७ खेवाङबाट मतदान गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बूढाक्षेत्री ‘पराग’ले सिरिजङ्गा–५ पेदाङ मतदान केन्द्रबाट र श्रम संस्कृति पार्टीका सन्तोष राईले सिरिजङ्गा–८ याम्फुदिनबाट मतदान गरेका छन्।
राप्रपाका इन्द्र थापा र जनमुक्ति नेपालका इन्द्रकुमार लिम्बू मिक्वाखोला गाउँपालिकाका मतदाता हुन्। उज्यालो नेपालका किर्तिमान मादेन, जसपा नेपालका सूर्य तमु गुरुङ, जसपाका अरुण सुब्बा लेछर्बो र मङ्गोल नेशनल अर्गनाइजेसनका सन्तबहादुर लिम्बू फुङलिङ नगरपालिकाका मतदाता हुन्। नेकपा माओवादीका नरपति पौडेल र सङ्घीय लोकतान्त्रिक मञ्चका मुक्साम लाबुङ फक्ताङलुङ गाउँपालिकाका मतदाता हुन्। - आनन्द गौतम/ताप्लेजुङ
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार मनऋषि धितालले एकै मतदानस्थानबाट मतदान गरेका छन् । भैरव माबि नराकोट मतदान केन्द्रबाट शाही र धितालले मतदान गरेको मतदान अधिकृत दीपेन्द्र भण्डारीले जानकारी दिए । डीबी बुढा, जुम्ला
जिल्ला कारागार जुम्लामा मतदान सकिएको छ। अस्थायी मतदान केन्द्र राखिएको कारागारमा १६ जना कैदीबन्दीले मतदान गरेका छन्। कुल १९ जना मतदाता रहेको सो केन्द्रमा तीन जना कैदीबन्दी छुटिसकेको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए।
उनले भने, 'कारागारको मतदान केन्द्रमा मतदान सकियो। राजनीतिक दलका प्रतिनिधिहरूको रोहबरमा मुचुल्का तयार भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटी लगिनेछ।'
जिल्लाको खाद्य संस्थान र कारागारमा अस्थायी मत केन्द्र तोकिएको थियो। जिल्लाका सबै मत केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। -डीबी बुढा, जुम्ला
बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित किसुनपुर प्राथमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत श्यामप्रसाद साह बेहोस भएका छन्।
४५ वर्षीय साहलाई उपचारका लागि एम्बुलेन्समार्फत कलैया प्रादेशिक अस्पताल पठाइएको सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेव साहले बताए। मतदान सुरु भइसकेपछि उच्च रक्तचापका कारण उनी बेहोस भई लडेका थिए। - लक्ष्मी शाह/बारा
झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा काठमाडौं महानगरपालिकाका निर्वतमान नगर प्रमुख बालेन्द्र शाह (बालेन) चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको छ।
बिहीबार बिहान करिब साढे ९ बजे काठमाडौंबाट उडेको हेलि एभरेष्ट को 9N-AOB कलसाइन भएको हेलिकोप्टर झापातर्फ प्रस्थान गरेको थियो। तर, निर्धारित गन्तव्यमा अवतरण नगरी पुनः काठमाडौं फर्किएको स्रोतले जनाएको छ।
यसअघि काठमाडौंमा मतदान सम्पन्न गरेपछि बालेन चार्टर उडानमार्फत झापा जाने तयारीमा रहेको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीले दिएका थिए।
यसमा बालेनसहित ५ यात्रु थिए ।
नेपाल प्रहरीले देशभरि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार केही स्थानमा सामान्य भनाभन र विवादबाहेक अन्य समस्या देखिएका छैनन्।
‘निर्वाचनमा अलिअलि ठेलाठेल त हुने नै भयो, गम्भीर प्रकृतिका समस्या देखिएका छैनन्,’ उनले कान्तिपुरसँग भने, ‘दिनभर शान्तिपूर्ण रूपमा निर्वाचन गराउने प्रयासमा छौँ।’
सर्लाही क्षेत्र नं. ४ मा सामान्य विवाद भएको थियो, यद्यपि केहीबेरमै मतदान सुचारु भयो। उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको गोली आकस्मिक रूपमा पड्किएको थियो। त्यसक्रममा कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा तीन मत खसेको मतपेटिकामा सामान्य क्षति पुगेको थियो।
दोलखाको तामाकोशी गाउँपालिका-४ मालु मतदानस्थलमा एजेन्ट बसेकाले मतदान कर्मचारी माथि हातपत गर्ने प्रयास गरेपछि झडप भएको छ । स्थिति असामान्य बनेपछि प्रहरीले नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको छ । स्थिति सामान्य पार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
हुम्ला जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण र मर्यादित वातावरणमा मतदान सुरु भएको छ । हिमाली भेगका दुर्गम बस्तीहरूमा समेत मतदाता उत्साहपूर्वक मतदान केन्द्रमा उपस्थित भइरहेका छन् । जिल्लाभरमा नाम्खा ४ चाला र नाम्खा ६ जाङ बाहेक अरु मतदान केन्द्रमा बिहानैदेखि मतदान कार्य प्रारम्भ भएको छ भने यी २ केन्द्रमा सम्पर्क हुन नसकेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए । हालसम्म जिल्लाभर १ हजार ६ सय ५० मत खसेको जानकारी दिँदै बरालले मतदान शान्त र व्यवस्थित रूपमा सञ्चालन भइरहेको बताए ।
समुद्री सतहबाट करिब ३ हजार १ सय मिटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा बिहान ९ः३० बजेसम्म ४ मत मात्रै खसेको छ।
वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार अधिकांश मतदाता बिहानको खाना खाएर मतदान केन्द्रतर्फ आउने तयारीमा रहेका छन्। उनका अनुसार गाउँमा रहेका मतदातामध्ये केही गोठमा गएकाले पनि मतदान ढिलो भइरहेको हो।
यस वडामा कुल २ सय ९३ मतदाता रहेका छन्। तर यसपटक करिब ४२ मत मात्रै खस्ने अनुमान गरिएको वडाध्यक्ष शेर्पाले बताए।
‘धेरै जना तीर्थव्रतका लागि जिल्ला बाहिर गएका छन्, उनीहरू फर्किन सकेनन्,’ उनले भने, ‘गोठमा रहेका केही मतदाता आए भने अलि बढ्ला, नत्र धेरै मत खस्ने सम्भावना देखिँदैन।’-आनन्द गौतम, ताप्लेजुङ
ओलाङचुङगोलामा बिहानैदेखि घाम लागेकाले मौसम भने अत्यधिक चिसो नभएको वडाध्यक्ष शेर्पाले जानकारी दिए।
सल्यानस्थित कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ।
बिहान ७ बजेर ४४ मिनेटदेखि सुरु भएको मतदान प्रक्रिया ८ बजेर १५ मिनेटमा सकिएको मतदान अधिकृत नवीनकुमार थापाले जानकारी दिए।
उनका अनुसार कारागारमा रहेका १९ जना पुरुष कैदीबन्दीले मतदान गरेका छन्। कारागारमा हाल १५ महिला र १ सय १७ पुरुष कैदीबन्दी रहेको बताइएको छ।
निर्वाचन व्यवस्थापनअनुसार योग्य कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र स्थापना गरी मतदान गराइएको हो।
हिमाली जिल्ला मनाङमा मतदान सुरु भएको छ । विकट नार्पाभूमि गाउँपालिकाको ५ बटा मतदान केन्द्रमध्ये ३ वटा केन्द्रमा हलसम्म मतदाता पुगेका छैनन् । नार्पाभूमि गाउँपालिकाको ५ वटै मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचीमा राखेको छ । नार्पाभूमि गाउँपालिका १ र ३ नार गाउँ र वडा नम्बर ४ को फु गाउँमा हालसम्म मतदाता आइनपुगेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । नार्पाभूमि गाउँपालिकामा कुल ४ सय ८८ मतदाता छन् । मनाङमा एक अस्थायीसहित २९ मतदान केन्द्र छन् । कुल ७ हजार मतदाता रहेको मनाङमा महिला ३ हजार ६ सय २३ र पुरुष ३ हजार ३ सय ७७ छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ हजार ७ सय ७९ मतदाता थिए । यसअघिको तुलनामा यसपटक २ सय २१ मतदाता थपिएका छन् ।
मकवानपुर जिल्लामा बिहान ९ बजेसम्म करिब १२ प्रतिशत मत खसेको छ । बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लामा उत्साहपूर्वक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मकवानपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत २ वटा निर्वाचन क्षेत्रमा १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र रहेका छन् ।
बाराको सिम्रौनगढ नगरपालिका ३ किसुनपुर प्राथमिक विद्यालय मततान केन्द्रका अधिकृत श्याप्रसाद साह बेहोस भएका छन् । ४५ वर्षीय साहलाई उपचारको लागि एम्बुलेन्समा कलैया प्रादेशिक अस्पताल पठाइएको सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेव साहले बताए । मतदान सुरू भइसकेपछि उच्च रक्तचापले उनी बेहोस भइ लडेका थिए ।
जुम्लाको गुठिचौर गाउँपालिका–५ स्थित कालिका आधारभूत विद्यालयमा शंकास्पद वस्तु भेटिएपछि मतदान प्रक्रिया केही समय ढिलाइ भएको छ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार नेपाली सेनाले उक्त शंकास्पद वस्तु निष्क्रिय पारेपछि मतदान सुरु गर्ने तयारी गरिएको छ।
मतदान केन्द्र नजिकै शौचालय पछाडि शंकास्पद वस्तु फेला परेको र त्यसलाई डिस्पोज गरिसकिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिनबाबु रेग्मीले जानकारी दिए।
उनका अनुसार वस्तु निष्क्रिय पारिएपछि कागजका टुक्रा मात्र फेला परेका छन्। हाल मतदान केन्द्रको अवस्था सामान्य रहेको जनाइएको छ। -डीबी बुढा
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेका छन् । दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले बिजौरीस्थित विद्यापीठ मतदान केन्द्रमा मतदान गरेका हुन् । यस्तै रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका एमाले उपाध्यक्ष बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । बिहान सात बजेदेखि देशैभर मतदान सुरु भएको छ । दलका नेताहरु पहिलो क्रममा मतदान गर्न गइरहेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले पुनले गृहजिल्ला रोल्पाको रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेका हुन् ।
पुन रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
पुनसँगै पूर्वभामुख एवं नेकपाकी नेता ओनसरी घर्तीमगरले पनि सोही केन्द्रबाट मतदान गरेकी छन् ।
राष्ट्रपति र उपराष्ट्रपतिले मतदान नगरेपनि प्रधानमन्त्री सुशीला कार्कीले भने मत हाल्दै छिन्। उनले काठमाडौंको धापासीमा रहेको मतदान केन्द्रमा गएर मत दिने छिन्। उनी मतदान गर्नजानुअघि नै त्यहाँको सुरक्षा व्यवस्थाको कडा निगरानी गरिएको छ। तस्बिरः दीपक केसी/कान्तिपुर























































































