जनमत अध्यक्ष राउतले दिए, प्रधानमन्त्री कार्कीलाई बधाई

उनले भनेका छन्, ‘ अब देशले निकास र सुशासन पाओस् यही हाम्रो अपेक्षा छ ।’

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Janmat Chairman Raut congratulates Prime Minister Karki

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष सीके राउतले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएका छन् । उनले विज्ञप्ति जारी गरी प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका छन्। 

‘अनेकौं शङ्का,आशङ्का र सुरक्षा चुनौतीका बावजुद प्रतिनिधि सभाको निर्वाचन तोकिएको मितिमै सम्पन्न गरेकोमा नेपालकी प्रथम महिला प्रधानमन्त्री सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई दिन चाहन्छौं,’ उनले भनेका छन्, ‘ अब देशले निकास र सुशासन पाओस् यही हाम्रो अपेक्षा छ ।’

उनले कठिन समयमा निर्वाचनमा खटेका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्ति गरेका छन् । ‘साथै असमयमा निकैनै कठिन र प्रतिकूल परिस्थितिमा समेत एक वीर योद्धासरी पछाडि नहटी निर्वाचन लडेकोमा जनमत पार्टीका सम्पूर्ण उम्मेदवारहरूलाई हृदयदेखि आभार व्यक्त गर्दछु,’ उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully