कञ्चनपुर ३ बाट उम्मेदवार बन्दै आएका रमेश लेखक यसपटक उम्मेदवार छैनन् । यो निर्वाचन क्षेत्रबाट कांग्रेसले हरिबहादुर बोहरालाई उम्मेदवार बनाएको छ ।
काठमाडौँ — कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् । लेखकले कञ्जनपुर निर्वाचन क्षेत्र नम्बर ३ को वेदकोट नगरपालिका– ८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन् ।
यसअघिको निर्वाचनमा लेखक कञ्चनपुर ३ बाट निर्वाचित भएका थिए । यो निर्वाचन क्षेत्रबाट कांग्रेसले हरिबहादुर बोहरालाई उम्मेदवार बनाएको छ ।
लेखक भदौ २३ को आन्दोलनका क्रममा गृहमन्त्री थिए । भदौ २३ मा प्रहरीको बल प्रयोगबाट युवाहरूको मृत्यु भएपछि लेखकले गृहमन्त्रीबाट राजीनामा गरेका थिए ।
