भक्तपुरमा सबै मतपेटिका मतगणनास्थल पुगे

दुवै निर्वाचन क्षेत्रका मतपेटिका मतगणनास्थलमा संकलन गरिसकिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

All ballot boxes in Bhaktapur reached the counting center

काठमाडौँ — भक्तपुरका सबै मतदान स्थलबाट मतपेटिका मतगणना स्थलमा पुगेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भक्तपुरका दुवै निर्वाचन क्षेत्रका मतपेटिका मतगणनास्थल पुगेका छन् । 

भक्तपुरमा २ निर्वाचन क्षेत्र छन् । दुवै निर्वाचन क्षेत्रका मतपेटिका मतगणनास्थलमा संकलन गरिसकिएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए । 

मतपेटिका संकलन भइसकेकाले सर्वदलीय बैठक बसेर मतगणनाको निर्णय लिइनेछ ।  

कान्तिपुर

Link copied successfully