काठमाडौं महानगरकी कार्यवाहक मेयर डंगोलले गरिन् मतदान

कार्यवाहक मेयर डंगोलले सबै मतदातालाई मतदानमा सहभागी हुन आह्वान पनि गरेकी छन्  ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Acting Mayor of Kathmandu Metropolitan City Dangol casts her vote

काठमाडौँ — काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर डंगोल मतदान गरेकी छन् । डंगोलले बिहीबार काठमाडौं महानगरपालिकाको वडा नम्बर २१ बाट मतदान गरेकी हुन् । 

कार्यवाहक मेयर डंगोलले सबै मतदातालाई मतदानमा सहभागी हुन आह्वान पनि गरेकी छन्  ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राजीनामा गरेर रास्वपा प्रवेश गरी प्रतिनिधिसभा उम्मेदवार बनेपछि डंगोल कार्यवाहक मेयरका रूपमा काम गर्दै आएकी छन् ।

कान्तिपुर

Link copied successfully