दुवै निर्वाचन क्षेत्रमा ४२ हजार ४७ महिला र पुरुष ३४ हजार १ सय ७४ पुरुषले मतदान गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए ।
दैलेख — दैलेखमा रहेका २ वटा निर्वाचन क्षेत्रमा ७६ हजार २ सय २१ मत खस्यो खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा ५ बजेसम्मम ७६ हजार २ सय २१ मत खस्यो खसेको छ । मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
दुवै निर्वाचन क्षेत्रमा ४२ हजार ४७ महिला र पुरुष ३४ हजार १ सय ७४ पुरुषले मतदान गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए । मतदान सकिएलगत्तै मतपेटिका दुल्लु नगरपालिका र दैलेख बजारको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गणना हुने भएको छ ।
९ राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवार गरी २१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । कुल मतदाता १ लाख ६१ हजार २०४ रहेको छ ।
