रुकुम पश्चिममा ५९.०३ प्रतिशत मतदान 

आज रातभरमा मतपेटिका संकलनको काम सकिने

फाल्गुन २१, २०८२

महेश केसी

59.03 percent voter turnout in Rukum West

रुकुम पश्चिम — प्रतिनिधिसभा सदस्यका लागि आज भएको निर्वाचनमा रुकुम पश्चिममा ५९.०३ प्रतिशत मत खसेको छ । कुल १ लाख ६ हजार ६ सय ६० मतदाता रहेकोमा पुरुष २८ हजार ३ सय ६४ र महिला ३४ हजार ६ सय ३ गरी जम्मा ६२ हजार ९ सय ६७ जनाले मतदानमा भाग लिएका हुन् । 

जम्मा ७६ मतदान स्थालमा २ अस्थायी सहित १ सय ४२ मतदान केन्द्र रहेको रुकुम पश्चिममा मतदान सम्पन्न भएपछि अब मतपेटिका संकलन कार्य सुरू गर्न थालिएको बताउँदै रुकुम पश्चिममा सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले आज रातभरमा मतपेटिका संकलनको काम सम्पन्न गर्ने तयारी रहेको जानकारी दिइन् । 

‘मतपेटिका संकलन भएपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्भवतः हामी भोलि बिहानदेखि मतगणना सुरु गर्नेछौं,’ उनले भनिन् । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully