सबैभन्दा बढी गण्डकी प्रदेशमा ९.२३ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम कोशी प्रदेशमा ३.५३ प्रतिशत मत खसेको छ ।
काठमाडौँ — देशभर कुल ५.४७ प्रतिशत मत खसेको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा १० बजेसम्म ५.४७ प्रतिशत मत खसेको हो ।
मुलुकका ७७ वटा जिल्लामा १६५ वटा निर्वाचन क्षेत्र छन् । त्यस्तै देशभर १० हजार ९ सय ६७ वटा मतदानस्थल रहेको निर्वाचन आयोगले जनाएको छ । कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता रहेकामा बिहान १० बजेसम्म १० लाख ३३ हजार १ सय २० मत खसेको हो ।
सबैभन्दा बढी गण्डकी प्रदेशमा ९.२३ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम कोशी प्रदेशमा ३.५३ प्रतिशत मत खसेको छ । उपत्यकामा ५.२८, मधेसमा ४.९८, वागमती प्रदेशमा ७.११, लुम्बिनीमा ४.६० र कर्णाली प्रदेशमा ७.०८ प्रतिशत मत खसेको छ ।
