डोल्पामा कुल मतदाता २४ हजार १ सय १५ रहेका छन्
डोल्पामा — डोल्पामा २ बजेर २५ मिनेट जाँदासम्म ५३ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र मुढामगरका अनुसार ५३ प्रतिशत मत खसेको हो ।
संख्यामा कुल १२ हजार ८ सय ५५ मत खसेको र जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको बुढामगरले जानकारी दिए ।
डोल्पामा कुल ७० वटा मतदान केन्द्र छन् । जसमा जिल्ला कारागार कार्यालयको मतदान केन्द्रमा शतप्रतिशत मत खसेर सम्पन्न भइसकेको छ । डोल्पामा कुल मतदाता २४ हजार १ सय १५ रहेका छन् ।
