भक्तपुरमा २४ र ललितपुरमा ३१ प्रतिशत मतदान भइसकेको छ ।
काठमाडौँ — काठमाडौंमा दिउँसो १ बजेसम्म ४१ प्रतिशत मतदान भएको छ ।
काठमाडौंका १० निर्वाचन क्षेत्रमा २ लाख ८८ हजार ६ सय ५९ मत खसेको छ । ७ लाख १० हजार ७ सय ८ मत रहेको काठमाडौंमा ३ सय २० मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भइहेको छ ।
बिहान ७ बजेदेखि सुरु मतदानमा कुनै पनि घटना नभएको र शान्तिपूर्वक मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै भक्तपुरमा २४ प्रतिशत र ललितपुरमा ३१ प्रतिशत मतदान भएको छ ।
