अहिलेको राजनीतिक अवस्था निकै जटिल भएको उनले बताए ।
रोल्पा — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले निर्वाचनपछिको परिणाम जस्तोसुकै भएपछि सबै शक्ति राष्ट्रियता जोगाउन एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताए । 'निर्वाचनको नतिजा जस्तोसुकै आए पनि राष्ट्रिय स्वाधीनता र मुलुकको भविष्य जोगाउन एकजुट हुनुपर्छ । त्यसतर्फ हामी लाग्नुपर्छ,' उनले भने।
अहिलेको राजनीतिक अवस्था निकै जटिल भएको उनले बताए । अघिल्लो पटकको निर्वाचनमा करिब ४६ प्रतिशत मत खसेकामा यो पटक अलि वृद्धि हुने उनको विश्वास छ।
यसअघिका २ निर्वाचनमा रोल्पाबाट निर्वाचित भएकामा जनतासामु परिचित भएको र सबै समस्याबारे सचेत भएको उनले बताए । 'अब पनि मलाई जनताको साथ रहनेछ। जनतासँग अझै काम गर्नुछ,' उनले भने।
