विवेकका साथ मतदान गरौँ : दाहाल

दाहालले भनेका छन्, ‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ । रंगले सम्बन्ध नजिक बनाओस्, नतिजाले जनजीवनमा आशा र उमंग ल्याओस् ।’

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

Let's vote wisely: Dahal

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विवेकका साथ मतदान गर्न आग्रह गरेका छन् । उनले सोमबार होलीको शुभकामना दिँदै शान्तिपूर्ण वातावरण बनाउन सबैलाई आग्रह गरेका छन् । 

‘भोलिदेखि निर्वाचनको मौन अवधि पनि सुरु हुादैछ। शान्तिपूर्ण वातावरण बनाऔं, संयमता राखौं र विवेकका साथ समावेशी समृद्ध नेपाल निर्माणका लागि मतदान गरौं,’ दाहालले भनेका छन्, ‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ । रंगले सम्बन्ध नजिक बनाओस्, नतिजाले जनजीवनमा आशा र उमंग ल्याओस् ।’

रंगहरूको चाड होलीले उल्लासमय वातावरणका साथै सामूहिकता र मेलमिलाप सम्झाइरहने भए पनि मध्यपूर्वमा उत्पन्न तनावले चिन्तित बनाएको बताए । ‘तर यसपटक मध्यपूर्वमा बनेको परिस्थितिका कारण हजारौं प्रवासी नेपाली र उनका परिवार चिन्तामा छन्’ उनले शुभकामना दिँदै भनेका छन्, ‘यो बेला धेरैका मन भारी छन्, त्यसैले फागु पहिले जस्तो खुला उल्लासमा मनाउन सकिने अवस्था छैन। विदेशमा रहेका सबै नेपाली सुरक्षित रहून् भन्ने कामना गर्छु ।’

कान्तिपुर

Link copied successfully