प्रलोपाले काठमाडौं-३ मा कुलमान घिसिङलाई समर्थन गर्ने

नगर समितिले मुलुकको आर्थिक समृद्धि, सुशासन र उज्यालो भविष्यका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै काठमाडौं निर्वाचन क्षेत्र-३ मा घिसिङलाई समर्थन गर्ने जनाएको हो।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Pralopa to support Kulman Ghising in Kathmandu-3

काठमाडौँ — प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोकर्णेश्वर नगर कार्यसमितिले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई समर्थन गर्ने निर्णय गरेको छ।

नगर समितिले मुलुकको आर्थिक समृद्धि, सुशासन र उज्यालो भविष्यका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै काठमाडौं निर्वाचन क्षेत्र-३ मा घिसिङलाई समर्थन गर्ने जनाएको हो। पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता र शुभेच्छुकलाई चुनावी प्रचारप्रसारमा सक्रिय सहभागी हुन र 'बल्ब' चुनाव चिन्हमा मतदान गरी कुलमान घिसिङलाई विजयी गराउन अपिल गरेको छ।

समर्थन सम्बन्धी उक्त निर्णय नगर समितिका अध्यक्ष नीर कार्की (रवि), उपाध्यक्ष सुनिल लामा र सचिव तारानाथ पुरीले संयुक्त रूपमा सार्वजनिक गरेका छन्।

Pralopa to support Kulman Ghising in Kathmandu-3

कान्तिपुर

Link copied successfully