‘देशलाई निर्वाचनसम्म ल्याउन हाम्रो दलले महत्त्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘सरकारको नेतृत्वमा रहँदा सुशासन सुरु गरिएको, विधिको शासन स्थापित गर्ने प्रयास गरियो ।’
काठमाडौँ — नेकपा संयोजक पुष्पकमल दाहालले फागुन २१ गते हुने आम निर्वाचनको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गरेका छन् ।
उनले आइतबार भिडियो सन्देश जारी गर्दै जेन-जी आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण र ताजा जनादेशका लागि अडान लिएको बताएका हुन् ।
‘देशलाई निर्वाचनसम्म ल्याउन हाम्रो दलले महत्त्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘सरकारको नेतृत्वमा रहँदा सुशासन सुरु गरिएको, विधिको शासन स्थापित गर्ने प्रयास गरियो ।’
उनले आफ्नो दल प्रतिपक्षमा रहँदा पनि कुशासन, दम्भ र अहंकारविरुद्ध निरन्तर संघर्ष गरेको उल्लेख गर्दै यो निर्वाचनमा जनताले सबै दलको भूमिकाको निष्पक्ष मूल्यांकन गर्दै नेकपालाई मत आग्रह गरे ।
‘निर्वाचनमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा मतदातालाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व हो,’उनले भने ।