मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक : सभापति थापा

नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा आइतबार आयोजित ‘चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले मुलुकमा भइरहेका बेथिती अन्त्य गर्न सम्पूर्ण पक्षलाई साथमा लिन आवश्यक भएको बताए ।

फाल्गुन १७, २०८२

रासस

Cooperation with all parties necessary to make the country prosperous: President Thapa

नुवाकोट — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्पूर्ण राजनीतिक दलहरुसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिन बताएका छन् ।

नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा आइतबार आयोजित ‘चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले मुलुकमा भइरहेका बेथिती अन्त्य गर्न सम्पूर्ण पक्षलाई साथमा लिन आवश्यक भएको बताए । 

'पाँच वर्षमा देशमा व्यापक सुधार गर्न सकिन्छ । यसलाई कांग्रेसले मुख्य संकल्प लिएर अघि बढेको छ,' सभापति थापाले भने, 'अहिलेको तुलनामा पाँच गुणा बढी काम गर्छौँ । सजग र सचेत भएर मुलुकमा कुनै अप्रिय घट्ना हुन दिन्नौँ ।'

चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ भन्ने अठोटले दलहरुबीच गठबन्धनको अभ्यासलाई अस्वीकार गर्दै अघि बढेको उल्लेख गर्दै सभापति थापाले कांग्रेस देश सञ्चालन गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताए । 

देश विकासका लागी पूर्वाधार निर्माणका क्षेत्रमा देखिएको समस्यादेखि किसानले समयमा नै मल पाउन नसकेका विषयसम्म कानुनी अवरोधको चुनौती रहेकाले अब बन्ने सरकारले त्यसलाई सुधार गर्दै जनताका स–साना समस्यालाई पनि महत्वका रुपमा लिने उनले विश्वास दिलाए ।

रासस

Link copied successfully