कांग्रेसले आइतबार काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् । काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ ।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

Nepali Congress to hold 6 election rallies in Kathmandu Valley on Sunday

What you should know

काठमाडौँ — नेपाली कांग्रेसले भोलि आइतबार काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ । चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् । काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ । 

दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने सभामा पार्टी उपसभापति शर्माले सम्बोधन गर्ने तालिका रहेको कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ । भक्तपुर २ मा कांग्रेसले पत्रकार कविर राणालाई चुनावी मैदानमा उतारेको छ । 

युवा नेता कविर शर्मालाई उम्मेदवार बनाएको काठमाडौं निर्वाचन क्षेत्र नं २ को पेप्सीकोला टाउनप्लानिङमा हुने सभामा पनि उपसभापति शर्माले सम्बोधन गर्ने भएका छन् । 

युवा नेता प्रमोदहरि गुरागाईँ उम्मेदवार रहेको काठमाडौं निर्वाचन क्षेत्र नं ७ को बालाजु चोकमा दिउँसो ३ बजे हुने सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्ने तालिका छ ।  

दिउँसो ३:३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ । काठमाडौं ५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौं ६ मा जिल्ला सभापति सबुज बानिया उम्मेदवार छन् । संयुक्त सभालाई पार्टी सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् । 

यस्तै दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा हुने कांग्रेसको चुनावी सभामा सभापति गगनकुमार थापाले सम्बोधन गर्ने तालिका रहेको छ । काठमाडौं ४ मा कांग्रेसले चर्चित क्रिकेट कमेन्टेटर तथा युवा नेता सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully