कैलालीको धनचौरीबासीकाे सधैंको उही माग- खानेपानी, स्वास्थ्यचौकी र तटबन्ध

प्रत्येक चुनावमा भोट माग्दै उम्मेदवारले सडक बनाउने आश्वासन दिने गर्छन् । तर, २० वर्षसम्म पनि बाटो नबनेको स्थानीयको गुनासो छ ।

फाल्गुन १६, २०८२

रञ्जना बिसी

The same demands of the residents of Dhanchauri, Kailali - drinking water, health post and embankment

What you should know

कैलाली — मतदानको मिति नजिकिएसँगै जिल्लास्थित बस्ती, टोल, चिया पसल र चौतारामा उम्मेदवारको जित/हारको अड‍्कल सुरु भइरहेको छ । कुराकानीको मुख्य विषयवस्तु राजनीति बनेको छ । नेताहरू घरदैलोमा व्यस्त छन् । यहाँका बासिन्दा उम्मेदवारसँग जिज्ञासासँगै गुनासो पोखिरहेका छन् । युवाहरू मतदानको पर्खाइमा छन् । 

मुलुक निर्वाचनमय भएका बेला जिल्लाको गोदावरी–९, धनचौरीकी आशादेवी कुँवर घरायसी काममै व्यस्त छन् । आफ्नो क्षेत्रबाट को–को उम्मेदवार छन् भन्नेसमेत उनलाई जानकारी छैन । उम्मेदवारको जानकारी राख्ने इच्छा पनि छैन । बुधबार धनचौरी गाउँ पुग्दा उनी घरको आँगनमा बसिरहेकी थिइन् । चुनाव र उम्मेदवारका बारेमा प्रश्न गर्दा उनले गाउँलेले भोग्नु परिरहेका समस्याबारे बेलिबिस्तार लगाइन् । 

उनका अनुसार धनचौरीमा अहिलेसम्म खानेपानी पुगेको छैन । सबै बासिन्दा टयुबवेलमा निर्भर छन् । गाउँमा एउटा मात्रै समैजी आधारभूत विद्यालय छ । बालबालिकाले गुणस्तरीय शिक्षा नपाएको उनको गुनासो छ । धनगढी र अत्तरियाबाट धनचौरी पुग्ने सडक पनि राम्रो छैन । प्रत्येक चुनावमा भोट माग्न उम्मेदवारले सडक बनाउने आश्वासन दिने गरेका छन् । तर, २० वर्षसम्म बाटो नबनेको आशाले सुनाइन् ।

‘हाम्रो सबैभन्दा ठूलो समस्या नै सडक हो,’ उनले भनिन्, ‘धनचौरीदेखि अत्तरिया र धनगढी क्याम्पस रोड पुग्ने सडक बनाइदिए ठूलो गुन लाग्ने थियो ।’ सडक नभएकै कारण १० मिनेट दूरीको धनगढी पनि ६ सय रुपैयाँ भाडा तिरेर घुमाउरो जानु पर्ने बाध्यता रहेको उनले बताइन् । स्थानीयको गुनासो सुन्दा धनचौरी दुर्गम बस्ती भएको भान हुन्छ । स्थानीयले खानेपानी, स्वास्थ्यचौकी, गुणस्तरीय शिक्षाजस्ता आधारभूत आवश्यकता उपभोग गर्न पाएका छैनन् । अहिले रहेका साँघुरा सडक पनि कच्ची र धुलाम्य छन् ।The same demands of the residents of Dhanchauri, Kailali - drinking water, health post and embankment

कैलालीलाई सुदूरपश्चिम प्रदेशको विकसित जिल्लाअन्तर्गत राखिन्छ । तर, जिल्लाका ग्रामीण बस्तीका समस्या भनिसाध्य छैनन् । यो बस्ती नजिक स्वास्थ्यचौकी छैन । बिरामी हुँदा १ घण्टा हिँडेर सेहरी गाउँको स्वास्थ्यचौकी पुग्नु पर्छ । धनचौरी खुटिया नदीको बगरमा रहेको बस्ती हो । बर्खामा बाढी बस्तीमा पस्छ । 

धनचौरीकी ६० वर्षीया राधिका भाट बाढीपीडित हुन् । अहिलेसम्म ४ पटक मतदान गरिसकेकी छन् । पहिलोपटक मतदान गर्दा पनि नेताहरूले बाढीको समस्या समाधान गर्छौं भनेको उनले सुनाइन् । यसपटक पनि उम्मेदवारले त्यही समाधान गर्छौं भनेर भोट मागिरहेको उनको गुनासो छ । १० वर्षअघि बस्तीमा बाढी पसेपछि राधिकाको घर नै बगायो । अन्नपात, लत्ताकपडा केही नजोगिएको उनले सुनाइन् ।  ४ वर्षअघि हुरीले घरको छत उडाउँदा समेत कुनै सहयोग नपाएको उनले गुनासो गरिन् । The same demands of the residents of Dhanchauri, Kailali - drinking water, health post and embankment

‘चारचोटि भोट हालिसक्दा पनि बाढीको समस्या उस्तै छ । हाम्रा दुःख नबुझ्नेलाई किन भोट दिने ?’ उनले भनिन् । स्थानीय सुरेश भट्टराईलाई नेताको भोट माग्ने शैली देखेर अत्यास लागेको छ । अरु बेला जनताका समस्यालाई बेवास्ता गर्ने नेताहरू यतिबेला बस्तीमा पुगेर खाना पकाउने, घाँस काट्ने, तरकारी गोडमेल गरेर बुढापाकालाई फकाइरहेको उनले बताए ।

अब नेताले आफूहरूलाई भोट बैंकका रुपमा प्रयोग गर्न नसक्ने उनको भनाइ छ । ‘हामीले नेतालाई हाम्रो घर बनाइदिन भनेका छैनौँ । प्रमुख समस्या बाटोघाटो हो । छाडा चौपायाले बितन्डा मच्चाएकाले गौशाला बनाउनु पर्नेछ । झोलुङ्गे पुल र पक्की पुलसँगै तटबन्ध आवश्यक रहेको उनले बताए ।

रञ्जना

Link copied successfully