शेरबहादुर देउवा सिंगापुर प्रस्थान

देउवा नियमित स्वास्थ्य जाँचका लागि सिंगापुर गएका हुन्

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता शेरबहादुर देउवा बुधबार राति सिंगापुरतर्फ प्रस्थान गरेका छन्। निकट स्रोतका अनुसार उनी आफ्ना भतिजासहित तीन जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर उडेका हुन्।

स्रोतले जनाएअनुसार देउवा नियमित स्वास्थ्य जाँचका लागि सिंगापुर गएका हुन्। 'नियमित स्वास्थ्य जाँचका लागि सिंगापुर उड्नु भएको हो, उपचार सकेर चाँडै फर्किने बताउनु भएको छ,' स्रोतले भन्यो। देउवा सिंगापुर एयरलाइन्स को एसक्यू४४२ उडानमार्फत राति १२ बजे सिंगापुर प्रस्थान गरेका हुन्। 

स्रोतले उनी स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि हिँडेको बताउँदै मतदानको दिनअघि नै काठमाडौं फर्किसक्ने बतायो । यसअघि २४ भदौमा निवासमै कुटपिटमा परेका देउवा थप उपचारका लागि भन्दै १० कात्तिकमा पत्नी आरजुसहित संगापुर गएका थिए।

कान्तिपुर संवाददाता

Link copied successfully