रास्वपा पश्चिम नवलपरासीका सभापति महेन्द्रसिंह ठकुरी कांग्रेस प्रवेश

ठकुरीले २०७९ को निर्वाचनमा १२ हजार ४ सय ९९ मत प्राप्त गरेका थिए

फाल्गुन १४, २०८२

नवीन पौडेल

परासी — रास्वपा पश्चिम नवलपरासीका सभापति महेन्द्रसिंह ठकुरी कांग्रेस प्रवेश गरेका छन् । कांग्रेसले जिल्लाको क्षेत्र नम्बर-१ स्थित बर्दघाट-१२ चौपत्तामा आयोजना गरेको आमसभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् । 

ठकुरीलाई कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य विनोद चौधरी र नवलपरासीमा कांग्रेसको चुनावी कमान्डरको जिम्मा पाएका नेता देवेन्द्रराज कँडेलले पार्टी प्रवेश गराएका हुन् । 

२०७९ को निर्वाचनमा ठकुरी नवलपरासी पश्चिम १ बाट  काग्रेसका विनोद चौधरी, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीसँग चुनावी प्रतिस्पर्धामा थिए । 

ठकुरीले २०७९ को निर्वाचनमा १२ हजार ४ सय ९९ मत प्राप्त गरेका थिए । आसन्न निर्वाचनमा पनि उनले उम्मेदवार बन्ने इच्छा राखेको भए पनि पार्टीले कांग्रेसमा लामो समय राजनीति गरेका विक्रम खनाललाई टिकट दिएपछि असन्तुष्ट हुँदै आएका थिए ।

कांग्रेसले बिहीबार जिल्लाको बर्दघाट र सदरमुकाम परासीमा चुनावी सभा गरेको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully