'निर्वाचनबाट एकल पार्टीको बहुमत आउने सम्भावना छैन । फेरि पनि हङ पार्लियामेन्ट हुन्छ । त्रिशंकु संसद बन्छ ।'
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनबाट कुनै पनि दलको बहुमत नआउने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले एकल पार्टीको बहुमत आउने सम्भावना नभएकाले फेरि पनि हङ पार्लियामेन्ट हुने बताए ।
उनले भने, 'निर्वाचनबाट एकल पार्टीको बहुमत आउने सम्भावना छैन । फेरि पनि हङ पार्लियामेन्ट हुन्छ । त्रिशंकु संसद बन्छ ।'
उनले यसपटक निर्वाचनमा ४ पार्टीबीच नै प्रतिस्पर्धा हुने बताए । उनले भने, 'मिहिनेत गर्दा हाम्रो पार्टी अगाडि आउने सम्भावना छ ।'
