यो निर्वाचन विगतका निर्वाचनहरु जस्तो सामान्य नभई इतिहासले दिएको पीडासँगै आएको अवसर भएको लामिछानेको भनाइ छ ।
धादिङ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन ईतिहास रच्ने निर्वाचन भएको बताएका छन् । यो निर्वाचन विगतका निर्वाचनहरु जस्तो सामान्य नभई इतिहासले दिएको पीडासँगै आएको अवसर भएको उनको भनाइ छ ।
चितवनबाट गोरखा हुँदै धादिङको सल्यान्टारमा आयोजित सभालाई सम्बोधन गरी सदरमुकाम धादिङबेंसी आइपुगेका लामिछानेले कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । आफ्नो पार्टी देश परिवर्तन गर्न आएको भन्दै अन्य दल र पार्टीको झन्डाभन्दा माथि उठी आफ्नो पार्टीलाई बहुमत दिलाउन उनले सबैलाई आग्रह गरे ।
