प्राप्त उपलब्धि रक्षा गर्न कांग्रेसकै आवश्यकता रहेको पनि उनको भनाइ छ
काठमाडौँ — उपसभापति पुष्पा भुसालले सम्पूर्ण कर्णालीको विकास गर्ने लक्ष्य कांग्रेसले लिएको दाबी गरेकी छिन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभामा भुसालले जनतासँग मत माग्दा कुनै आवेग वा भावनाको कुरा गर्न नआएको बताइन् ।
प्राप्त उपलब्धि रक्षा गर्न कांग्रेसकै आवश्यकता रहेको पनि उनको भनाइ छ । मुलुक रूपान्तरणका लागि मत माग्न आएको उनले बताइन् ।
भ्रष्टाचारलाई कांग्रेसले स्वीकार नगर्ने भन्दै अख्तियारलगायतमा भागबन्डा स्वीकार नगर्ने भुसालले दाबी गरिन् । घोषणापत्रमा उल्लेख गरेका सबै वाचा पूरा गर्ने पनि उनको दाबी छ । किसानहरूले उत्पादन गरेको सामग्रीले उचित मूल्य पाउनुपर्ने भन्दै त्यसका लागि आफ्नो प्रतिज्ञापत्रमा स्पष्ट लेखिएको उनले दाबी गरिन् ।
विचार नै नभएको, आन्दोलन तथा दृष्टिकोण नै नभएको दलदेखि वामपन्थीहरूसँग कांग्रेसले प्रतिस्पर्धा गर्न परेको भुसालको भनाइ छ । कांग्रेसले युवा, आन्दोलनले स्वीकार गरेको र परिर्वतनको नेतृत्व गर्न सक्ने गगन थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेको पनि उनले बताइन् ।
