फागुन १६ मा दाहालले रोल्पामा पहिलो चुनावी सभालाई सम्बोधन गर्ने

माघ ६ मा मनोनयन दर्ता गरेपछि दाहालले पहिलो पटक चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन्

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

Dahal to address first election rally in Rolpa on Falgun 16

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल फागुन १६ मा चुनावी सभाका लागि रोल्पा लिवाङ जाने भएका छन् । 

माघ ६ मा मनोनयन दर्ता गरेपछि दाहालको यो पहिलो चुनावी सभा हो । नेकपा नेता एवं रोल्पाका उम्मेदवार वर्षमा पुनले संयोजक दाहालले फागुन १६ को चुनावी सभालाई सम्बोधन गर्ने जानकारी दिए ।

अहिलेको निर्वाचनमा दाहाल चुनावी सभाका लागि आफ्नो निर्वाचन क्षेत्र बाहिर गएका छैनन् । उनी आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्वमा केन्द्रित भएका छन् ।

कान्तिपुर

Link copied successfully