झण्डा जलाउनेलाई कारबाही हुन्छ: लामिछाने

शुक्रबार घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बिहीबार बेलुका तुलसीपुरमा एमालेको सूर्य अंकित झण्डा जलाएको विषयमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

फाल्गुन ८, २०८२

दुर्गालाल केसी

Action will be taken against those who burn flags: Lamichhane

दाङ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य पार्टीको झण्डा जलाउने कार्यकर्तालाई कार्वाही हुने बताएका छन् ।

शुक्रबार घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बिहीबार बेलुका तुलसीपुरमा एमालेको सूर्य अंकित झण्डा जलाएको विषयमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हाम्रो कसैको झण्डा जलाउने नीति छैन । यदि हाम्रो कार्यकर्ताले जलाएको रहेछ भने कारबाही हुन्छ,’ उनले भने,‘यदि घुसपैठ गरेर अरुले हामीलाई नै फसाउन खोजेको हो भने त्यस्तो सपना नदेखे हुन्छ । क्राक्रा खाएर बियाँ हाम्रो निधारमा टाँस्न खोजेको हो भने आँखा नचम्काए हुन्छ ।’

लामिछानेलाई स्वागत गर्न तुलसीपुरमा भेला भएका युवाहरुले बिहीबार बेलुका तुलसीपुरमा आफ्नो झण्डा जलाएको एमालेको आरोप छ । उक्त कार्यको एमालेले भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully