एमालेको घोषणापत्रमा के छ ?

निर्वाचनपछि बन्ने मन्त्रिपरिषद्को सरकारबाट समयसीमा नै तोकेर तत्काल गरिने ११ कामको कार्यतालिका तय गरिने पनि ओलीले बताए ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

What is in the UML manifesto?

काठमाडौँ — एमालेले तत्काल गर्ने ११ कामको सूची समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई समेटिएको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले यसलाई नीतिगत प्राथमिकतामा राखिएको पनि बताए ।

निर्वाचनपछि बन्ने मन्त्रिपरिषद्को सरकारबाट समयसीमा नै तोकेर तत्काल गरिने ११ कामको कार्यतालिका तय गरिने पनि ओलीले बताए । घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले देश पुस्ताहरूबीचको द्वन्द्वले नबन्ने बताउँदै युवाको शक्ति र अनुभवी पुस्ताको भिजनबाट देश बन्ने धारणा राखे ।

उनले यो निर्वाचन देश बनाउने र भत्काउनेबीचको जनमतसंग्रह भएको बताए । उनले भने, ‘यो निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष पनि हो ।’

उनले संविधानको रक्षा गर्न र लोकतन्त्र सुदृढ गर्न पनि आग्रह गरे ।

कान्तिपुर

Link copied successfully