जेन-जी पुस्तालाई विश्वप्रकाशको प्रश्न- तपाईंहरूको विद्रोहपछि कुन दल बदलियो ? 

उपसभापति विश्वप्रकाश शर्माले कुन दलले विगतका कमजोरीप्रति आत्मालोचना गरेको र कुन दलले आफ्नो नेतृत्व परिवर्तन गरेर अघि बढेको पनि साेच्न आग्रह गरेका छन् ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

Vishvaprakash's question to the Gen-G generation - Which party changed after your rebellion?

काठमाडौँ — कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले २३ र २४ भदौमा भएको जेन-जी विद्रोहपछि कुन दल बदलिएको छ गम्भीर बनेर सोच्न जेन-जी पुस्तालाई आग्रह गरेका छन् ।

मोरङ-१ केराबारीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेन-जी विद्रोहले समग्र क्षेत्रमा सम्पूर्ण परिवर्तन माग गरेको र उक्त मागअनुसार परिवर्तनको चरणमा कुन दल गएको छ सोच्न आग्रह गरेका हुन् ।

उनले उक्त विद्राेहले राजनीतिमा परिवर्तन, सरकारमा परिवर्तन, दलहरूमा, प्रशासनमा अनि समाजमा परिवर्तन खोजेको बताएका छन् । उनले भने, 'एउटा निर्णय वा एउटा घोषणाबाट निश्चयन नै सम्पूर्ण क्षेत्रमा परिवर्तन हुन सक्दैन तर सुरूवात गर्न सकिन्छ । त्यो सुरुआत कसैले गर्‍यो कि गरेन् ?  जेन-जी युवाहरूले घरमा बसेर एक्लै सोचुन् वा `डिस्कर्ड´ मा जुटेर संवाद गरुन् । परिवर्तनको सुरुआत कहिँबाट भएको छ भने त्यो आशाको सुरुआत हो । त्यो कसले गरेको छ ? कुन दलले नेपाली समाजको एक एक असन्तुष्टिलाई विशेष महाधिवेशनमार्फत पहिचान गरेर निदानको नवीन दृष्टि निर्माण गरेको छ । कुन दलले विगतका कमजोरीप्रति आत्मालोचना गरेको छ ? कुन दलले आफ्नो नेतृत्व परिवर्तन गरेर अघि आएको छ ?' 

कान्तिपुर

Link copied successfully