'एमाले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा रहेको ओलीले बताए ।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानमा आक्रमण भएको उल्लेख गर्दै अहिले भत्काउने र बनाउनेबीच द्वन्द्व देखिएको बताएका छन्। उनले भने, 'देशलाई प्रयोगशाला बनाउन खोजिँदै छ ।'
आज एमालेको घोषणापत्र सार्वजनिक समारोहमा उनले भदौ २३ र २४ अनिश्चयको तुवाँलो छाएको बताए ।
उनले यो निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष रहेको पनि बताए ।
नयाँ भनिएकाहरुले स्थानीय सरकारमा बसेर हैसियत देखाइसकेको उनले आरोप लगाए । 'एमालेले कागजमा होइन व्यवहारमा देखाउँछ । जलाइएको सिंहदरबार पुनर्निर्माण गरिनेछ। ढलेको मनोबल उठाइनेछ,' उनले भने, 'विगतका ट्र्याक रेकर्डले भन्छ- २३ र २४ गते योजनाबद्ध आक्रमण हो ।'
अध्यक्ष ओलीले आफूहरु उत्तेजनाको पक्षमा नरहेको बताए । 'एमाले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छ,' उनले भने ।
