रास्वपाले कर्णालीको गरिबी बुझ्ने उनको भनाइ छ ।
सुर्खेत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको समृद्धिको गहिराइ नाप्ने पार्टी रास्वपा भएको दाबी गरेका छन् ।
शाहले कर्णालीमा देशकै सबैभन्दा ठूलो राराताल, गहिरो ताल, लामो नदी, ठूलो जिल्ला र ठूलो गाउँपालिका भए पनि यसको मापन गर्ने पार्टी र नेता नदेखिएको बताए।
‘कर्णाली नेपाली भाषा र खस सभ्यताको उद्गमस्थल हो। कर्णालीको सिञ्जा सभ्यता जोगाउने पार्टी रास्वपा हो,’ उनले भने, 'कर्णालीको भोकमरी देख्दा चिन्ता लाग्छ। कर्णालीको गरिबी र दुःख बेच्ने धेरै नेता आए पनि यहाँका जनताको दुःख बुझ्ने नेता भएनन्,’ उनले भने । रास्वपाले कर्णालीको गरिबी बुझ्ने उनको भनाइ छ ।
बालेनले भने, ‘अब कर्णालीका सपना हाम्रा सपना हुनेछन्। तपाईँहरूको साथ र समर्थनले नै हामी कर्णालीको मुहार फेर्न सक्नेछौँ।’
