उनले एनआरएनहरुलाई नेपालसँग जोड्ने काम हालसम्म अधुरो र अपूर्ण भएको पनि बताए। उनले भने, ‘एक पटकको नेपाली सधैँको नेपाली हो।’
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले प्रवासमा बस्ने नेपालीलाई समेट्न आफूहरूले कानून संशोधन गर्ने बिषय घोषणापत्रमा समेटेको बताएका छन्। काठमाडौंमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले एनआरएनहरुलाई नेपालसँग जोड्ने काम हालसम्म अधुरो र अपूर्ण भएको पनि बताए। उनले भने, ‘एक पटकको नेपाली सधैँको नेपाली हो।’
सभापति थापाले प्रवासमा रहेका नेपालीले नेपालमा रहेको पैतृक सम्पत्ती, मताधिकार र लगानीसम्बन्धी बिषयसमेत घोषणापत्रमा समेटिएको बताए ।
उनले हाल जारी स्वास्थ्य बीमामा देखिएको संकट हटाउने योजना पनि आफूहरूसँग रहेको बताए। साथै नेपालमा फ्रि हेल्थकेयरको अवधारणा सम्भव भएको बताउँदै यसलाई आफ्नो संकल्प भएको पनि उनले स्पष्ट पारे।
उनले उच्च शिक्षा पढनका निम्ती खर्चको अभाव बाधा हुनुनपर्ने अवस्थाको निर्माण पनि आफुहरुले गर्ने बताउँदै यसबारे घोषणापत्रमा लेखिएको बताए ।
