सुर्खेत पुगेर रवि लामिछानेले भने-‘यो देशमा आँट गर्ने नेताका रुपमा बालेन र मलाई हेरे पुग्छ’

बिहीबार सुर्खेतमा आयोजित पार्टीको 'परिवर्नन उद्घोष सभा'लाई सम्बोधन गर्दै उनले देशको परिवर्तन गर्न ढंग पुरर्‍याएर अघि बढेकाले रास्वपालाई जिताउन आग्रह गरे ।

फाल्गुन ७, २०८२

ज्योति कटुवाल

After reaching Surkhet, Ravi Lamichhane said, ”It is enough to look at me as a leader who dares to be in this country.”

सुर्खेत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले यो देश बनाउन आँट गर्ने नेताका रुपमा बालेन्द्र शाह र आफूलाई हेर्न आग्रह गरेका छन् ।

बिहीबार सुर्खेतमा आयोजित पार्टीको 'परिवर्नन उद्घोष सभा'लाई सम्बोधन गर्दै उनले देशको परिवर्तन गर्न ढंग पुरर्‍याएर अघि बढेकाले रास्वपालाई जिताउन आग्रह गरे । ‘बिना प्रतिशोध हामी अघि बढेका छौं,' उनले भने, ‘लोकतन्त्र खतरामा पर्‍यो हामी जोगाउँछौ भनेरजनता झुक्काउनु पर्दैन । त्यसको ठेक्का जनताले लिने छन् । आँट हामीले गरेकाछौं जनता हाम्रो तागत हो ।'

फागुन २१इतिहास रच्ने बेला भएको भन्दै सभापति लामिछानेले पाँच वर्ष टिक्ने स्थायी सरकार नदिए मुलुक फेरि अस्थिरतातर्फ जान सक्ने बताए । 'रास्वपा समाधन गर्नेपार्टी हाे भन्दै उत्तर दिने हैन । प्रश्नको ठेक्का नलिए हुन्छ, जनताको ठेक्का पनि नलिए हुन्छ प्रश्नको उत्तर दिएर हुँदैन,' उनले भने ।  

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully