बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले एमाले पूर्वकेन्द्रीय सदस्यसमेत रहेका ढकाललगायतलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् ।
काठमाडौँ — नेकपा एमाले रसुवा जिल्ला कमिटी पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य जनार्दन ढकालसहित ७८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले एमाले पूर्वकेन्द्रीय सदस्यसमेत रहेका ढकाललगायतलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा सचिवालय सदस्य छिरिङ तामाङ, सुरेश अधिकारी, सल्लाहकार सदस्य, जिल्ला कमिटी सदस्य, गाउँपालिका अध्यक्ष, सचिवहरु, राष्ट्रिय युवा संघका नेताहरु, वडाध्यक्षलगायत ७८ जना रहेका कांग्रेसले जनाएको छ ।
सोही कार्यक्रममा एमालेका नेता एवं पूर्वमन्त्री रामवीर मानन्धर पनि कांग्रेसमा प्रवेश गरेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई पनि सभापति थापाले कांग्रेसको सदस्यता प्रदान गरे ।
