उपसभापति पुष्पा भुषालले नयाँ सोच, दृष्टिकोण व्यवहारसहित कांग्रेसको नेतृत्वमा गगन थापा आएको र उनलाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको बताइन् ।
काठमाडौँ — कांग्रेस उपसभापति पुष्पा भुषालले पार्टी बदलेर मुलुक बदल्न कांग्रेस अग्रसर भएको बताएकी छन् ।
जनकपुरमा बुधबार आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उपसभापति भुषालले अहिलेको चुनाव संघीयताको विरोधी र पक्षपातीबीच भएको बताइन् ।
‘हाम्रो प्रतिस्पर्धा संघीयता नमान्ने नयाँ पार्टीसँग भएको छ । आफ्ना अपराधलाई लुकाउने नयाँ पार्टीसँग छ,’उनले भनिन्,‘हामी संघीयताको पक्षमा छौँ । विकासको पक्षमा छौँ । सुशासन, परिवर्तन, विकासको पक्षमा छौँ ।’
उनले नयाँ सोच, दृष्टिकोण व्यवहारसहित कांग्रेसको नेतृत्वमा गगन थापा आएको बताइन् ।
'नयाँ सोच, दृष्टिकोण व्यवहारसहित कांग्रेसको नेतृत्वमा गगनकुमार थापा आउनुभएको छ,' उनले भनिन्, 'उहाँलाई प्रधानमन्त्रीका रुपमा अघि सारेका छौँ । यसलाई अनुमोदन गराउन फागुन २१ को प्रतीक्षामा छौं ।’
