रास्वपा छाडेकी ममता शर्मा कांग्रेस प्रवेश 

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिसमेत रहेकी शर्मा बुधबार जनकपुरमा आयोजित सभामा कांग्रेस प्रवेश गरेकी हुन् । 

फाल्गुन ६, २०८२

कान्तिपुर संवाददाता

Mamata Sharma, who left RSP, joins Congress

काठमाडौँ — रास्वपा त्याग गरेकी ममता शर्मा कांग्रेस प्रवेश गरेकी छिन् । रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिसमेत रहेकी शर्मा बुधबार जनकपुरमा आयोजित सभामा कांग्रेस प्रवेश गरेकी हुन् । 

बुधबार बिहान मात्र शर्माले रास्वपा त्याग गरेको घोषणा गरेकी थिइन् । पार्टीका निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित भएको र क्षमता तथा योगदानको कदर नभएको भन्दै शर्माले पार्टी परित्यागको घोषणा गरेकी थिइन् । 

रास्वपाले समानुपातिकमा नराखेपछि प्रत्यक्षतर्फ उनी टिकटको आकांक्षी थिइन् । प्रत्यक्षमा टिकट वितरण गर्दा पार्टीमा योगदान, क्षमता र योग्यता भन्दा पनि आर्थिक विषय प्राथमिकतामा परेको उनको आरोप छ ।

कान्तिपुर

Link copied successfully