चुनावी घोषणापत्रसमेत सार्वजनिक गर्दै, मधेश प्रदेशका ८ जिल्लाका ३२ जना उम्मेदवारको उपस्थिति
जनकपुर — कांग्रेसको प्रतिज्ञा सभा जनकपुरमा सुरु भएको छ। सभालाई कांग्रेसको सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताले सम्बोधन गर्नेछन् ।
जनकपुरको तिरहुतिया गाछीमा गरिएको प्रतिज्ञा सभाबाटै कांग्रेसले चुनावी घोषणापत्रसमेत सार्वजनिक गर्दैछ । कांग्रेसको प्रतिज्ञा सभामा मधेश प्रदेशका ८ जिल्लाका ३२ जना उम्मेदवारको उपस्थिति रहेको छ।
सभामा बोल्दै कांग्रेस मधेश प्रदेशका सभापति कृष्प्रसाद यादवले कांग्रेसको नेतृत्वमा बन्ने सरकारले मधेशको कृषि, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा देखिएको समस्या समाधान गर्ने बताए ।
