भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने- 'अब चुनाव हुने भयो भने भाग लिन्छौं ।'
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरणबारे संशय व्यक्त गरेका छन् । चुनावको वातावरणबारे सरकारले नै जान्ने कुरा रहेको उनले बताए ।
आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले चुनावको वातावरण बनाए र चुनाव गरेमा एमाले सहभागी हुने बताए ।
'अब चुनाव हुने भयो भने भाग लिन्छौं । चुनावको वातावरण त यसै भन्न सकिन्न अझै पनि,' ओलीले भने, 'चुनाव त हुन्छ भन्ने ठान्छु । चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा अझै पनि संशय छ ।'
झापा-५ का उम्मेदवार रहेका अध्यक्ष ओलीले अब मतदाताकहाँ जाने तयारी रहेको पनि बताए । उनले सकेसम्म धेरैभन्दा धेरै मतदाताकहाँ पुग्ने र आफ्ना पक्षमा भोट माग्ने बताए ।
