बुधबार जनकपुरधामबाट सुरु हुने चुनावी सभाबाटै प्रतिज्ञापत्र सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।
काठमाडौँ — कांग्रेसको चुनावी प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बीपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिँदै उक्त कार्यक्रम जनकपुरमा हुने बताए ।
कांग्रेसले बुधबार मधेश प्रदेशको जनकपुरधामबाट चुनावी सभाको सुरुवात गर्दै छ । सोही सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने उनले बताए ।
निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र पेस गर्न आइतबारसम्मको समय दिइसकेको छ । कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै प्रतिज्ञापत्र बुझाइने तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने बताए ।
