नेकपाले निर्वाचन आयोगमा बुझायो प्रतिबद्धता पत्र

आयोगले दलहरूबाट घोषणापत्र वा प्रतिबद्धता पत्र फागुन ३ भित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ ।

फाल्गुन ३, २०८२

कान्तिपुर संवाददाता

NCP submits commitment letter to Election Commission

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको प्रतिबद्धतापत्र निर्वाचन आयोगलाई बुझाएको छ ।

नेकपाको तर्फबाट नेता तथा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानलगायतले प्रतिबद्धतापत्र आयोगमा बुझाएका हुन् ।

नेकपाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई निर्वाचनका लागि तयार पारिएको प्रतिबद्धतापत्र बुझाएको हो । निर्वाचन आयोगले राजनीतिक दलहरूले आयोगमा अनिवार्य निर्वाचन घोषणापत्र वा प्रतिबद्धतापत्र बुझाउनुपर्ने व्यवस्था गरेको थियो ।

आयोगले दलहरूबाट घोषणापत्र वा प्रतिबद्धता पत्र फागुन ३ भित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुरूप आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयसीमाभित्र आवश्यक कागजात पेस गर्न पत्राचार गरेको थियो ।

कान्तिपुर

Link copied successfully