शुक्रबार पाल्पाको रामपुर, रम्भा, बगनासकाली हुँदै तानसेनका विभिन्न स्थानमा सम्बोधन गर्दै सभापति लामिछानेले देशको मुहारलाई उज्यालो बनाउनका लागि योजनासहित चुनावी मैदानमा होमिएको बताए ।
पाल्पा — मुलुकलाई उज्यालो बनाउने सपना राष्ट्रिय स्वतन्त्र पार्टीले देखेको सभापति रवि लामिछानेले बताएका छन् ।
शुक्रबार पाल्पाको रामपुर, रम्भा, बगनासकाली हुँदै तानसेनका विभिन्न स्थानमा सम्बोधन गर्दै सभापति लामिछानेले देशको मुहारलाई उज्यालो बनाउनका लागि योजनासहित चुनावी मैदानमा होमिएको बताए ।
नेपाली जनतालाई उज्यालो मुहार बनाउनका लागि पनि रास्वपाले जित्न जरुरी रहेको सभापति लामिछानेले बताए । युवालाई गोली हान्ने, युवा जति खाडीमा पठाउनेहरुलाई अब संसदमा लैजान नहुने उनले बताए । ‘मलाई आपदविपद् परेका बेलामा नेपाली जनताले कति आँशु बगाए भन्ने मलाई थाहा छ,’ उनले भने, ‘३५ वर्षदेखि दुःख पाएका र अन्धकारमा पारेकालाई अब संसदमा लैजान हुन्न ।’
आगामी चुनावमा जनताको पक्षमा क्रान्ति ल्याउन मतपक्रको माध्यमबाट त्रान्ति गर्न उनले आग्रह गरे । स्थायी सरकार निर्माण गर्न जनता माझ आएको बताउँदै उनले भने, ‘हरेक क्षेत्रमा राजनीति गरेर मुलुकमा विकास हुन सक्दैन । यसलाई अहिलेको पुस्ताले राम्रोसँग बुझेका छन् ।’
यसअघि रामपुरको बेझाडमा आयोजित सभामा उनले पूर्वाधार संकटकाल लगाएर भए पनि रास्वपाले विकास निर्माणलाई तीव्रता दिने दाबी गरे ।