हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री नाम्चेमा

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका लागि हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न बिहीबार उनी त्यहाँ पुगेकी हुन्।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बुको नाम्चे पुगेकी छिन्। 

आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावका लागि हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न बिहीबार उनी त्यहाँ पुगेकी हुन्।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार नाम्चेमा स्थानीय र सरकारी अधिकारीहरूसँग अन्तरक्रिया हुनेछ। प्रधानमन्त्रीको टोलीमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी छन्।

फागुनमा चुनाव भएकाले कतिपयले हिमाली जिल्लामा मतदान गर्न कठिन हुने भन्दै चुनाव सानुपर्ने पनि धारणा राखेका थिए।

तर, निर्वाचन आयोगले भने तोकिएकै मितिमा एकै चरणमा चुनाव हुने बताएको छ। 

कान्तिपुर संवाददाता

Link copied successfully