रास्वपा कपिलवस्तु संगठन विभाग प्रमुख पक्राउ

अनुसन्धानमा रहेको सरकारी कागजात आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा रिखिराम भट्टराई पक्राउ

माघ २८, २०८२

मनोज पौडेल

कपिलवस्तु — राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संगठन विभाग प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । वाणगंगा नगरपालिका ८, धनेशपुरका भट्टराईलाई प्रहरीले अनुसन्धानमा रहेको सरकारी कागजात आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको हो । 

गत माघ २६ गते भट्टराईले आफनो फेसबुक पेजबाट वालबाट ती कागजातहरू सार्वजनिक गरेर घृणा वा द्वेष फैलाउने कार्य तथा गोपनीयतासमेत भंग गरेको हुँदा मंगलबार साँझ कपिलवस्तु नगरपालिका २, बाट पक्राउ गरिएको प्रहरी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ बमोजिमको कसूरमा अनुसन्धान भइरहेको छ । बुधबार उनलाई सम्मानित जिल्ला अदालतबाट ३ दिन म्याद थप गरि अनुसन्धान कार्यअघि बढाइएको प्रहरीले जनाएको छ ।

मनोज पौडेल

Link copied successfully