फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गरिने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए ।
काठमाडौँ — एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा पत्र लेखनका लागि सुझाव संकलन गर्न थालेको छ ।
पार्टीले आसन्न २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि घोषणापत्र तयार गर्न पार्टी संगठन, जनवर्गीय संगठनलगायतसँग सुझाव लिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । कतिपय जनवर्गीय संगठनले कार्यालयमै आएर र कसैले इमेलमार्फत सुझाव पठाएका उनले बताए । 'हामीले जनवर्गीय संगठनलगायत क्षेत्रबाट आएका सुझावलाई समेटेर घोषणापत्र तयार गरिरहेका छौँ,' उनले भने, 'ती सुझाव संकलनको आधारमा घोषणापत्रको अन्तिम मस्यौदा बनाउँदैछ ।'
फागुन पहिलो साता पार्टीको घोषणापत्र सार्वजनिक गरिने सचिव डा. अधिकारीले बताए ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।
